14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

हवाइ प्रेम

कविता नम्रता गुरागाईं March 25, 2020, 12:50 am
नम्रता गुरागाईं
नम्रता गुरागाईं

क्यामरामा नअटाएका शुन्दरतालाइ

आंखैमा अटाएझैँ लाग्ने

हाेच्याएर असमानताका पहाडहरू

सबै सम्याएझैँ लाग्ने

प्रकृतिकाे अनुपम उपहार हवाइमा

मन टाँगेर त्यतै कतै

दिनभरी सुकाउँजस्ताे लाग्छ

गाँठा परेका रहरहरू बसेर

आनन्दले फुकाउँ जस्ताे लाग्छ

पहाडबाट झरेकाे मन्दमन्द हावा र

आकाशबाट झरेकाे सिमसिम पानीमा

निथ्रुक्क भिजाएर अाफूलाइ

त्यतै कतै ढुँगाका कापमा

लुकाउँ लुकाउँ जस्ताे लाग्छ ।

दिनरात सुनिने जातभातका कुरा

हवाइले आफनाे साैन्दर्यसँग साटिदिँदा

चुच्चा, बुच्चा, खैरा, काला र गाेरा अनुहारहरू सबै

*बन्यन रूखकाे छहारीमा अटाउँदारहेछन

हात फैलाएर बसेकाे बन्यनकाे फेदमा

थ्याच्च मन राखेर सुस्ताउँदै

मलाइपनि उसकै सपना देखुँ देखुँझै लाग्छ

*वाइकिकीकाे पानीले धाेइ पखाली

चट्ट सुकाएकाे बालुवामा

उसकै नाम लेखुँ लेखुँझै लाग्छ ।

बन्यन रुख(Banyan Tree) : हवाइमा पाइने विशाल क्षेत्र ओगटेको रुख जसको विशेषता माथि जरा पलाएर तल बढदै बढदै आउंदा जहां माटो भेटिन्छ त्यहीबाट मोटाउन शुरु गरेर त्यो रुखलाइ दलिनको काम गर्नुरहेछ ।

वाइकिकि: विचको हवाइन नाम

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।