17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पाठकहरूको निर्णय

कविता निलकमल छेत्री April 16, 2020, 10:26 am
निलकमल छेत्री
निलकमल छेत्री

अब त हाम्रो राष्ट्रिय झंणडाले पनि हामीसीत

प्रशन गर्न थालेको छ

आज भोली हामी फर्फराउन भन्दाबेशी

किन् पार्थिव शरीरमा लपेटिन् थालेका छौं सरकार?।

सरकारले घोषणा गर्नुहुन्छ हाम्रो एउटा जवान शहिद भयो

श्रीमती घोषणा गर्छे मेरो सिन्दुर शहिद भयो।

छोरा घोषणा गर्छ मेरो घरको धुरी शहिद भयो

मुटु त तब दुख्छ जुनबेला घरकी बुढिआमाले प्रशन गर्छिन

साहब तपाईहरु त पल्टने भर्तीमा एक इन्च पनि कम्ति लिनु हुन्न ।

फेरि म कसरी लिन सक्छु मेरो छोराको अनुहार चिन्न नसक्ने आधा शरिर ।

जस्को निम्ती मैले मेरो अनुहार बलिदान गरि बाँचेको थिएँ

आज उसैको अनुहार नभएको सरिर म कसरी हेर्न सक्छु सरकार?

जीवनमा पहिलोपल्ट यति खुशी भएकी थिएँ

जब उसको अनुहार हेर्न पाएको थिएँ

तब लागेको थियो जिवनको पहिलो खुशीनै मैले पाएको थिएँ ।

आज उसैको अनुहार नभएको आधा सरिरमा

म उसको अनुहार सम्झि सम्झि एकान्तमा रहिरहेको छु सरकार ।

(राङका, बलिमान, पूर्व सिक्किम, भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।