14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सुखी आमा

कथा आचार्य प्रभा August 26, 2008, 2:03 am

उषा र सुधा सानै देखी मिल्ने साथी बैवाहिक् जीवनमा बाधिये पछी पनि सजोगबस एकै शहरका छिमेकी  बन्न पुगे उनिहरु असाध्य मिल्छन भविश्यका योजनाहरु पनि उस्तै र एकै साथ बनाउछन । दुवैजनाका एक छोरा र एक छोरी छन मधय्मबर्गका दुवैजना जागीरे  भएकाले सुखी र खुशी पनि छन श्रीमानहरु पनि दुवैका असल छन। जसो तसो जीवनको गाडी हासिखुशिमा बितिरहेकै बेलामा एक दिन उषाकी छोरी ''निलु ''ले आफ्नो खुशी विवाह गर्छे शहरकै  एक युवकसँग उषा अती नै मर्माहत बन्न पुग्छिन ।
छोरीले बिना सरसल्लाहा आफ्नो जीवनको आँफै निर्णय गरेकिमा। आफ्नी साथी उषाको यस्तो बिह्वल अवस्थामा  सुधालाई  चोट पुग्छ। ऊ जहिल्यै पनि आफ्नी साथीको आशु पुछ्न वाध्य हुन्छिन। अनेकथरी   आश्वसन् दिएर आफ्नी साथीलाई खुशी राख्ने प्रयत्न गर्छिन। उषाको त्यस्तो दुरावस्था देखेर उस्लाई यस्तो भान हुन्छ साचै ''म त  कती सुखी  आमा रहिछु '' भनेर। यसरी समय बितिरहेको हुन्छ ऊषा छोरीको पीर र सम्झनाले म्रित समान हुँदै जान्छिन भने उता सुधाको छोरीको धुम्धामका साथ मङनी विवाह हुन्छ। ढनाढ्य र सम्पन्न परिवारमा छोरीलाई सुम्पिन पाएकोमा सुधा भित्र  भित्रै गमक्क  पर्छिन र सधैं प्रफुल्ल देखिन्छिन। यसरी  दुई मित्रको जीवन भोगाइमा बेग्ला बेग्लै परिवर्तन आउछ। स्त्री जाती न हो जे जस्तै भयेपनी धनसम्पती ,सुन ,चादिको रवाफ  गर्नै पर्ने बाध्यता। अरुलाई के पर्छ सोच्दै नसोची खाली आफ्नो मात्र प्रशङ्सा छाट्नु  पर्ने धाक यस्तै वाध्यत्ताको शिकार भैसकेकि थिन सुधा पनि। अब सुधाको नियम नै बनी सकेको थियो आफ्नी साथी उषालाई छोरीको प्रशंसा र बयान सुनाउने अनी साथीकी छोरीलाई चाँही निरीह र अभागी ठानेर कठैबरी '!तिम्री छोरी पनि सुजु जस्तै भाग्यमानी भये त्यस्तै  धनी परिवार र असल केटोसँग विवाह हुने थियो नि बिचराको भाग्य नै खोटो रहेछ आँफैले रोजेर त्यस्ता गरीबसँग जानु पर्‍यो ।
यस्ता यस्ता वाक्यहरु बाहेक अब सुधाको मुखबाट उषाले केही सुन्न पाउदैन थिन आफ्नी साथीको बद्लिदो ब्यवहाँर र छोरीप्रतिको अहमताको  शब्दहरुले उषालाई त्यस्तो मिल्ने साथीसँग नै तिरस्कार लाग्न थालि सकेको थियो छोरीको जीवन के कस्तो हुन्छ ?भन्ने सोचाइमा नै उषा बिरक्तिन थालेकी थिन। आफ्नै  खुशीले विवाह गरेकी कारण उषालाई छोरीप्रती घ्रीणा लागेको थियो र  छोरी छुटेको दुई  दुई बर्ष बितिसक्दा पनि उस्ले छोरीको खोजिनिधी गरेकी थिनन दुइचार पटक साथीकी छोरी गर्गहनाले सजिएर निजी कारमा माइती आउँदा उषालाई आफ्नी छोरी चाँही म्रीत समान लागेको थियो उषाले भन्ने नै गर्थिन ''मेरी छोरी अब मेरो लागि मरी सकी भनेर यस्तो आलो घाउमा उषालाई साथी सुधाले अझ नुन,चुक चर्ने गर्थिन। यसरी दुई मित्रबिचको सम्बन्धमा परिस्थिती र समयले अर्कै खेल खेलाई रहेको थियो। समय बितिरहेको थियो उषाको घरमा सुधा धेरै कम् आउन थालेकी थिन उनिहरुको भेट्घाट्को क्रम पातलिदै गैरहेको थियो ।
एकदिन अचानक सुधा र उषाको बाटोमा भेट भयो सुधाको मुहार केही मलिन थियो उनले  पहिला झै छोरीको कुरा पनि अगाडि राखिनन । सुधाको ब्यवहाँरमा परिवर्तन आए पनि उषाले केही सोध्न चाहिनन किनकी उषा अर्काको ब्यक्तिगत मामिलामा हस्तछेप गर्न त्यती रुचाउदिनथिन साथीको परिवारतित ब्यवहाँर्ले उषालाई कता कता मनमा शंका पनि उब्जियो कतै सुधाकी छोरीलाई केही त भएन ?त र पनि उनी चुप्चाप  घर फर्किन घरमा पुग्नसाथ उनको आँखा एउटा पत्रीका माथि पर्न गयो पत्रीकाको मुख्य पेजमा ठुलो शिषकमा लेखिएको खबर थियो ''श्रीमानको कुलत बानी र अब्यवाहार्ले गर्दा श्रीमतिले म्रीत्यु रोज्न  वाध्य भएर जीवन र म्रीत्युको दोसाधमा ''यस्तो समाचार छापिएको थियो जुन समाचार पदिनसक्दा नै टेलिफोन को घन्टी बज्छ । ऊषा हठातको साथ फोन उठाउछिन लग्भग तीन बर्ष पश्चात उषाले फोनमा छोरी नीलुको आवाज सुन्छिन नीलुले भनीरहेकी हुन्छे मम्मी हामी निरज र म  एकहप्ता पछी अमेरिका उड्दैछौ हामी दुवैले हाम्रो अफिसबाट दुई दुई बर्षको लागि अमेरिका जाने प्लान पायौ जे जस्तो भये पनि हामी जान अगाडि हजुरहरुको आशिर्वाद लिन चाहन्छौ निरजले पनि मम्मिहरुलाई भेट्ने चाहना गरेको छ् अब फेरी अमेरिकाबाट फर्कन समय लाग्छ त्यसैले यदी हजुरहरुको आज्ञा   भए हामी भोली आउछौ ।
 उषा किङ्कर्त्ब्यबिमुढ हुन्छिन कता कता आँखाबाट खुशीको आशु झर्छ अनी एकै छण मा साथी सुधाको छोरीको खबरले दु:खको आशु पनि झर्छ। छोरीलाई केही भन्न नपाई छोरीले फोन राखिसकेकी हुन्छे। ऊषा बिचलित बन्दै सुधाको घरतिर लाग्छिन मनमा नानाथरी कुराहरु खेल्न थालछन। उस्लाई लाग्छ ''भाग्यको खेल पनि कस्तो हुदो रहेछ ?''उ आँफैलाई धिकार्छिन ''मैले छोरीलाई किन त्यस्तो ब्यवहाँर गरे भनेर? अनी सुधालाई सम्झन्छिन छोरी हुने मान्छेले कहिले पनि अहम गर्नु हुँदैन भनी।
                                  (अमेरिका )      
                        

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।