17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल डा. बच्चु कैलाश कैनी April 16, 2020, 11:01 am
डा. बच्चु कैलाश कैनी
डा. बच्चु कैलाश कैनी

आजकल बोलचाल हुन पनि छोडेकोछ

सुनेकोछु तिम्रो मन रुन पनि छोडेकोछ ।

तिम्रो मन र मुटु मबाट टाढिएकोले होला

मेरो सम्झनाले अब छुन पनि छोडेकोछ ।

हाम्रो गाउँघर सबैतिर यस्तै हल्ला छ

आकाशले संगैको जुन पनि छोडेकोछ ।

मेरो मायाको चिनो केही रहेनछ तिमीसंग

सुनें मैले दिएको सगुन पनि छोडेकोछ ।

साह्रै दु:खी भएँ मन रोएको छ बिछोडमा

मेरो मनले शोकमा नुन पनि छोडेको छ ।

डार्टफोर्ड, बेलायत ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।