19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मामाजी

कथा डा. शंकरप्रसाद नेपाल April 16, 2020, 3:12 am

क्षेत्रपाटी पेट्रोल पम्पअगाडि सडकदेखि पूर्वको तीन तले घरमा हामी भाडामा बस्थ्यौँ । पोख्रेलहरूको घर अंशवण्डा नगरेकाले उनीहरू संयुक्त परिवारमा बस्थे । हामीले दोस्रो तल्लाको एउटा कोठा एउटा भान्सा भाडामा लिएका थियौं । भरेङबाट भान्सा, भान्साबाट कोठामा जानु पथ्र्यो । कोठामा चारवटा विस्तरा लहरै भुइँमा लगाइएको थियो । हामीहरू मध्येको पाको व्यक्ति भनेकै गुल्मी थोर्गाका गौतम थर भएका, दाइको साथीको मामा पर्ने भएकोले, हामी सबैले मामा नै भन्थ्यौँ । नेपाल राष्ट्र बैंक बालुवाटारमा सहायकको रूपमा जागिरे । जोपाईलाई मान्छे नगन्ने । ठाडो मिजास । हेपाहा प्रवृत्ति । शोसक पारिवारिक संस्कार बोकेका जस्ता ।

एकपल्ट भान्जा इन्द्रचोक जाम न ! भन्नु भयो । म पनि वहाँको पछि–पछि लागेँ । एउटा टोपीको दुकानमा पुग्यौँ ।

– ए ! साहूजी ! भादगाउँले टोपी राखेका छौ ?

साहू उमेरदार, पुलुक्क मुखमा हेरे उनले भने – छ ।

देखाऊ न त, कतिकति जाने छन् ?

यो साठीको हो । अरु चालीस – चालीसका हुन् ।

साठी रुपैया पर्नेलाई हातमा समाउँदै उनले भने – यसलाई पचासमा दिने हो ?

– मिल्दैन ।

– त्यसो भए हामीलाई फर्काउन खोजेको हो ?

– ल ! दुई रुपैयाँसम्म घटाइदिएँ ।

– पाँच घटाउ न – पाँच ।

– हुन्न ।

– उसो भए जाम त ।

– अन्ठाउन्नमा लैजाने हो भने लैजानुस् –

– के घटायौ त तिमीले ? उनी पैसा तिर्नतर्पm लागे ।

यी मामासँग हिँडियो भने – उस्तै परे पिटाइ खान बेर लाग्दैन जस्तो लाग्यो । हामी अन्य कुरा गर्दै डेरासम्म आइपुग्यौँ ।

मामाको जुहारी सधैँ जस्तो भाडा माझ्ने दिदीसँग पथ्र्यो । दिदीसँग पछिपछि पाँच वर्षकी छोरी रीता आउँथी । चोखो केही बचेको भए प्लेटमा हालिदियो खाएर बस्थी । त्यतिन्जेल दिदीले जुठा भाँडा तल लगी माझेर ल्याउथिन् । रीता सधँ फ्रक लगाउने तर कट्टु नलगाईकन आउने गर्थी । मामाले त्यो रीतालाई जिस्काउँदै भन्नु भयो –

ए रिते ! कट्टु लगाउन पर्दैन ?

त्यो बच्ची लजाए जस्तो गरी, तर उसले कुनै जवाफ दिइन ।

– भोलि पनि कट्टु नलगाई आइस् भने मैले हेर तलाई के गर्छु । कट्टु लगाएस् है ।

– हस् ।

अर्को दिन पनि दिदी सदा भैंm घरधन्दा गर्न माथि उक्लिन् – पछिपछि रीता । रीतालाई प्लेटमा भात, दाल, तरकारी दिएर दिदी भाँडा माझ्न तल गइन् । रीता थचक्क बसेर खान थाली ।

– ए ! रिते आज पनि कट्टु नलगाईकन आइस् ।

रीताले केही जवाफ फर्काइन ।

सुनिनस् रिते ! तेरी आमाले तँलाई कट्टु लगाईदिन्न ?

– हाम्री आमाले त कट्टु लगाउँदिनन् ।

– हो ?

– कट्टु लगाउँदिनन् हाम्री आमाले मामा जी ।

यत्तिकैमा दिदी बाटामा भाँडा लिएर भान्सामा उक्लिन् ।

– ए ! दिदी ।

– किन मामाजी ?

– तिमीले कट्टु लाउन्यौ रे नि ! रितेले भनेको । यो सुन्ने वित्तिकै दिदीले ठिङ्ग उभिएर कालो मुख लगाउँदै भनिन् – यो मामाजी के साह्रो पात्तिएको होला है ।

– मैले भनेको हो र ? तिम्रै छोरीले भनेको त हो नि ।

दिदीले एक थप्पड रीतालाई लगाइन् । रितेलाई लछार्दै लैजान लागिन् । रिते रुन लागी ।

– छोरीलाई थप्पड लगाउनु भन्दा आपूm सुध्रे हुन्थ्यो नि बरु ....

– यो मामाजी के साह्रो पात्तिएको ! उनी तल तिर झरिन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।