धर्ती आज बल्झिरहेछन् ।
मानव सब भाैतारिरहेछन्।।
आँसु पुछ्न सब मानवकाे ।
भगवानकाे साथ खाेजिरहेछन् ।।
पंख फिजाई आकाश उडी ।
सबकाे निरिक्षण गरिर्हेछन्।।
आकाश अहिले खुल्लै छ ।
केहिसंग ठाेक्किने डर छैन ।।
मानव सब निर्मल मनले ।
भगवान् खाेज्न उडिरहेछन्।।
महामारी निर्मुल पार्न अतालिरहेछन्।
भगवान् लाई बिन्ती चढाइ रहेछन् ।।
अदृश्य भयावहसंग जुधेर ।
लगनशिलता पेश गरिरहेछन् ।।
भगवान् संग शक्ति पैंचाे लिएर ।
याे जगतकाे कल्याण गरिरहेछन् ।।
काठमाडाैं