19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विद्यावारिधि

लघुकथा डा. शंकरप्रसाद नेपाल April 30, 2020, 1:54 am

विद्यावारिधी सकेर आएको करीब ६ महिना भएको थियो । नोटरी पब्लिकको कार्यालय डा. शीवराम सुवेदी (एम.ए., वि.एल., पिएच.डी.) लेखिएको साईनबोर्ड, मेरो घरको माथिल्लो तल्लाको दिवालमा बाटो तर्पm फर्काएर टाँगेको थिएँ । यो टाँग्नु नोटरी पब्लिकको आचारसंहिता अन्तर्गत थियो ।

म माथि कोठाको झ्यालमा बाटो तर्पm हेर्दै बसेको थिएँ । मैले बाटोमा हिडेका प्रत्येक व्यक्ति देख्थें । तिनीहरुले मलाई देख्दैन थिए । झ्यालमा बाहिरबाट जाली ठोकिएको थियो, मच्छर नपसोस् भनेर ।

दुई जना व्यक्तिहरु मेरो पर्खाल निर आएर ठीङ्ग उभिए । साइन बोर्ड पढ्न थाले । डा. शीवराम सुवेदी – एम.ए., वि.एल., पिएच.डी. ।

है शीव सर तो शान्तिनगर के कलेजवा मे मास्टर रहले, डाक्टर कैसे भैलें ? भन्ने वित्तिकै मेरो ध्यान तिनीहरु तर्पm केन्द्रित भयो ।

अर्कोले जवाफ दियो – कैसे भैलें – पढके भैलें ।

अच्छा यी बता – “सुई लगा पावले ?”

यी सुई उई वाला डाक्टर नाई हों ।

तब कैसन डाक्टर ? हौ कपिलवस्तु मेडिकल वाला तो लगा लेला ।

यी पिएच.डी. डाक्टर हो ?

एन के कौन काम ? वेफाल्तुके डाक्टर । सुई नाई लगा पावले । भन्दै पश्चिमतर्पm लागे ।

एकातिर मेरो स्वाभिमानमा धक्का लागे जस्तो भयो । अर्को तर्पm, समाज कति पिछडिएको रहेछ? सोंच कति सानो रहेछ भन्दै म भित्र भित्र हाँस्न थाले । मेरो स्वाभिमानमा लागेको धक्कालाई मेरो हाँसोले जित्यो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।