19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जनमतको मर्म भित्र

कविता चन्द्र खनाल May 13, 2020, 4:46 am

देश रोएको बेला

रोगले छोएको बेला

यो राज्यको प्रयोगशाला भित्र

तल्लिन भएका छन्

महारथी हरु

कुर्सीको सुरक्षा गर्न

बन्दैबन्दको करार भित्र

जनमत थुनिएको छ

बहुमतको भाग लगाउदा

पुगेन भन्ने सुनिएको छ

मृत्यु पर्खेर आगनमा

बसेका मानिसहरुको

चुलो पनि लक डाउनमा परेकोछ

दरबारको कौसी बाट

पाएको शुभकामनाले

भोक पनि मर्दैन

रोग पनि टर्दैन

तिमी हान्दैछौ घुमाइ घुमाइ

अस्त्रहरु

जनमतको मर्मभित्र

कतै धर्यताको लक्ष्मण रेखा

तोडिन पनि सक्छ

फेरि देसको गर्भभित्रबाट

लोकतन्त्र घाइते भएर

जन्मन सक्छ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।