बिन्ति छ कोरोना तिमीलाई
अब त छोडि देउ हामीलाई ।
खुला आकाशमुनि सव्तनत्रासगँ बाँच्न सकेका छैनौं तिम्रो कारण
बन्ध कोठाहरू भित्र हजारौं सपनाहरू ओइलाएर झर्न थालेकाछन् तिम्रो कारण ।
एउटी आमाले आफनो नानीलाई छातिमा टाँस्न् नपाउँदाको पिडा
के तीमी बुझ्न सक्छौ कोरोना?
आफ्नो खुन पसिना एक गरि परिवारलाई एक छाक खान खिलाउने
तयो बाबुको मनको पीडा तीमी बुँझ्न सक्छौ कोरोना ?
ज्ञानका जोति बाड्ने हरेक भंनडारका प्रतेक ढोकाहरूमा ठूला-ठुला तालाहरू झुन्डिएका छन् तिम्रो कारण
सिक्षा के हो अधुरो सिक्षा भएकालाई सोध्नुपर्छ
सिक्षाको महत्व कती छ तीमी बुँझ्न सक्छौ कोरोना?
मुटुको कुनाभित्र ढुंगाको डल्लो बोकि
आफन्तहरुबाट टाढा बस्नु बाध्य परेकाछौ
यादले तड्पिएको बेला नयानबाट बगेका आँशुका धाराहरुलाई
तिमीले महसुस गर्नसक्छौ कोरोना?
बिन्ति छ कोरोना तिमीलाई
एक कदम पछि भएकाछौ हामी
अब दुई कदम अगाडि बढ्नु छ हामिलाई ।
जीवनका यात्राबीच लागेका तगारो हटाउनु छ हामीले
स्वतन्त्र मनले सफलताको झ्णडा फेरि फरफराऊनु छ हामीले।