..... अनि यसपालिचाहिँ
अबको दुई महिनापछि
कस्तो देखिन्छु होला म
कस्तो देखिन्छौ होला तिमी
हामी एक अर्कालाई कसरी हेर्नेछौं
हामी सबैलाई कस्तो सोचाइ र विचार आउँछ
भन्ने सोचाइमा ममात्र होइन
तिमी पनि सामिल भइछाड्यौ।
सायद अलिक कम्ती अविश्वासले,
अलिक कम्ती घृणाले,
अलिक कम्ती शङ्काले,
अलिक कम्ती ईर्ष्याले,
अलिक कम्ती पीडाले,
अलिक कम्ती कपटले।
पर्खाइ निक्कै दुख्दो छ
अनि आउने दिनहरुमा दुखाइ अझ बढी हुने छ
चाहिएको छ अब
आफैमा अलिक विश्वास
अनि सेता लुगा लगाउने योद्धाहरुमा भरोसा
अनि टाड़ा बस्ने आत्मशक्ति
किनकि यदि म सामना गर्न सक्दिनँ भने,
कम-से-कम, अड्चन त बन्दिनँ
यदि म सङ्क्रमित छुइनँ भने
मा वास्तवमै सङ्क्रमित होइन पनि होइन|
डढेलो सल्काउने यो सिरुबारीमा
एक छेस्का मै हुनसक्छु
यसैले, म आफैँलाई अलग्गै राख्दैछु
तर यो समय, अवसादमा होइन
म आफ्नै विचारहरुभित्र आफैलाई थुन्दैछु
र प्रियजनहरूलाई नजिकिनु दिन्नँ
तर यो समय, आत्महत्याको सोचमा होइन
किनभने सबैको ख्याल मैले राख्नुछ
र सबैकोलागि बाँच्नुछ।
ऐले म टाडिँदैछु केहि समयकोलागि
केवल चाँडै फर्किआउनलाई
अझ बढी विश्वास अनि गहिरो सम्बन्धकालागि
म तिमीलाई केहि दिन भेट्नेछुइनँ
केहि दिन म तिमीलाई छाँद हाल्नेछुइनँ
किनकि म तिमीलाई गुमाउन चाहन्न
किनकि म तिमीलाई रुवाउन चाहन्न
किनकि म तिमीलाई सधैँ देख्न चाहन्छु।
बितेका काला अँध्यारा रातहरूमा देखिएका
दुःस्वप्नहरू पछिका उज्यालोजस्तै
यो उदासिनताको बादल छिट्टै पञ्सिनेछ।
मेरो यो छिट्टै नै भन्ने पर्खाइ
अलिक लामो अवश्य हुनसक्छ
तर टाढा छैन, साँच्चै टाढा छैन।
यो समय,
यदि सदैव साथ हुनुछ भने
टाढा जानु नै एकमात्र उपाय हो।
नकरात्मकताले नकार्दछ नहुनेलाई
आउँदा दिनहरुकालागि
यो म सधैँलाई गएको किन हुन्थ्यो
दुष्टता जाउञ्जेलसम्मलाई हो
म वा तिमी होइन
जाने त यो कालो बादल पो हो।
यही समय हो,
जब विपरित दिशातिर हिँड्नु वास्तवमै विद्वता हुन्छ।
ऐलेलाई विदा,
ऐले नहेर्ने, नभेट्ने तिमीलाई
हेर्नलाई, भेट्नलाई, सबैलाई।