14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

एक दिन

कविता जिग्मी डी. भोटिया May 21, 2020, 1:24 pm

एक दिन

हेर्नू नी

म पनि मंच बाटै

कविता सुनाउछु

अहिले सम्म नसुनाएको

खुनमा लत्पतिएको

बिलकुल नयाँ अनि

बेग्लै कविता

हात, खुट्टा,सिंह, पुच्छर,आँखा,कान,

जिब्रो अनि पखेटा धरी भएको

कविता

हो त्यो दिन म यस्तै कविता सुनाउछु

भोको पेट पिल्सिएको थाप्लोहरुको

बद्नाम भएको इमानदारीहरुको

हुकुम सुनेर बहिरा भएको कानहरुको

कराउन बिर्सेका कमलकोठीहरुको

खाएर रोगिएको रक्तपिपासुहरुको

गरिबको निम्ति बोल्दै अमीर बन्नेहरुको

दिनमै बत्ती बालेर बाटो खोज्नेहरुको

हल्ला गरेर सुनसानमा हराउनेहरुको

मान्छेको बलि चडाएर पशु चराउनेहरुको

गेरुवाको वकालती गरेर रातो मनपराउनेहरुको

हेर्नू नी म पनि

मंच बाट एक दिन

यस्तै कविता सुनाउछु।

गान्तोक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।