14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

नाति बाजे संवाद

कविता दिपेन्द्र सिंखडा June 1, 2020, 11:35 pm

यात्रा औत्तरको मध्यान रजनीमा थ्यो झरी बादल

बाटोनै कठिनाइ थीए पहरा कुंदी बनाका यिनै

नीलोद: सरिता बगेर बिचमा हूँकारदै थीन त्हाँ

मेरो शैशव काल ऐ वखतमा खोज्दै थियो टुंगिनै ।।१।।

आत्मामा पथ राखि संयमित हुँदै मै बढेंनी अघि

पूरा नै पनि भो पथै पनि त केही माइलै त्यो तव

साहारा जगमा कतै थिएन दु:खैका त दीनै बिते

देखें त्यै त पितामही शिरथलोमा ती इक्षुमालिन्की ।।२।।

धैरेता टुटिये म मील्कनि थिऐँ खोंच्मै नदी धारको

यात्रा टूंगिए सार्थकै सकिनजाने जीवनैको अनी

यात्रामा बिटमार्न मै थिननि इच्छित् बढ्दै थिऐँ अघी

कल्याणै गर्न ती अनाथ जनको मै डुळ्छु यो लोकमै ।।३।।

पाषाणै निर्मित् ती विशाल शिखरीको शीरमा मै गऐँ

पच्छ्याई पथ भीमकाय थिए ती धारै इक्षुमालिन्की

गूफैथ्यो शिरभागमा समथरै बाजे निवासी यहाँ

आदौ भक्ति जगाइ शङ्कर र गौरीकै वसेका त्यहाँ ।।४।।

वाजेका नयनै रहेछ चहकीला सोझिदै मै तिरै

बद्धि:नै बनि हातमा शिरधरी पाद: ति रै लस्किदै

खोज्दै अर्थ पितामहै पनि सबै ती कर्ममार्ग: पनि

मेरो त्यो अजरालय: गमनको बुझ्ने इरादा गरी ।।५।।

गुह्यै खोलि पितामहैकन बिसाऐँ चित्तबृति: सबै

कान्ति: हीन भयो जमात सब ती छोड्दै कुलीन्धर्म यी

पच्छ्याई पदचिन्ह धर्मकथक:कै पढ्न कुल्विद्या भनी

दिव्याभाव सवै उतारि जगको ज्ञानै मिलोस् वंशको ।। ६।।

पौ त्र:! जान्दछु पङ्तिपावन मती छन् नीतिवादीन् भनी

ज्ञान्नै पाउन काम ती सब गरी पौत्र: तिमी आएऊ

ज्ञानास्त्र दिलको जलाइ जगतै ज्वालाम्य तुल्याउ यो

ज्ञान्कै ज्योति बली रहुँन् जगतमा शान्ती रहोस् देशनै ।।७।।

जाहाँ खालि शिखातक: छरिए बल्लान् बत्ति ती के गरी ?

हूँदा यी फलश्रुतिको पनि अभावै ज्ञान के दीनि ञाँ ?

शान्तीको दिप बळ्दछन् जव खुशी हुन्छन् सवै लोकनै

सळ्काऊ दिप शान्तिको जगमगाऊ त्रिभुवन् ती सवै ।।८।।

भावै यी दिलका बुझी लिदिन खोज्ने कोहि छैनन् यहाँ

बीभत्सै भए पीतरौ पनि त भक्ति: भाव बुझ्ने कती ?

छैनन् कोहि कुनै समाज पनि बुझ्नै खोज्नि सम्झाउ के ?

आऐँमै अजरालय: पनि चढाउंनै समाधी भनी ।।९।।

ध्यानाकृष्ट भई पितामह सुनी संकल्प मेरा यिनै

जल्दैको मुटुमा भकानु फुटि निस्केका मनस्ताप नै

बुझ्दैनन् जगतै भलो मन सजातीय: अरु के भनौ?

बोल्दैनन् किन मानिसै पनि सबै देखिन्छ लुक्दै तर ।।१०।।

राष्ट्र: टोल सुधारभाब मनमा दिप्तैछ पौत्र: तिम्रा

जान्दैनन् मतवाल जीवन गुजार्ने लम्फु स्वाधीनता

संसारै भरिऐ फिरिङ्गि दलले पन्छाउ ती अक्लले

मातृभूमि सझाउ बोकि मनभावैले त राष्ट्रीयता ।।११।।

जान्दैछौ असली गुणै पनि सवै पौत्र: तिम्रा कर्मका

छोड्दैजाउ सकट् सवै अव कर्मकै मार्ग पच्छ्याउदै

यी अन्तस्करणै तिम्रा जगमगाई देश होस् संशम:

सार्दै पाउ करुणकार पथमा आशा जगाऊ यहाँ ।।१२।।

ती पाद: अविराम जावस बढी चुम्नै हिमेश: गिरि:

बाँच्नेछौ तव नाति फैलि सव कृति: कल्प कल्पान्तमा

जाऊ नाति उतार भार सब ती बोझै हुने देशको

साथैमा मनुजात हुन्छन तिम्रो नेपाल प्यारो भनी ।।१३।।

तुंवालो नभमा सबै हटुन राष्ट्रवाद होस् ताजकी

होला सार्थक जन्म लीएर तिम्रो नेपालको काखमा

मर्यादा अविभाज्य होस सबको राष्ट्रीय धर्मै बुझी

द्वारै त्यो सव खुल्न स्वर्ग पथको राष्ट्रीय धर्मै जपी ।।१४।।

कल्याणै गर लोकको पनि तिम्रो खोली सबै चित्त यी

गर्दा कर्म सबै पुरा जगतको खुल्छन् पथ: स्वर्गको

मिल्दैनन् सुरलोक मै दिउ भने कृपा गरुन् ईश्वरै

कृती फैलि रहोस लोकभरि द्वारै खुल्न वैकुण्ठको ।। १५।।

भू-भारै सब ती उतारि भुवको कल्याण होस् लोकको

मान्छेको जुनिनै समाज हितमा इच्छा छ ऐ विष्णु को

लक्ष्मी छिन् सकलै गुणी सहचरी, आर्य: चतुर्वर्ग झैँ

हुन्छौ कालजयी कवच् पनित धीमत्!राष्ट्रको हीतमै ।।१६।।

माथैमा भिरि ज्ञान ज्योति जब फीर्ता मै भऐँ धर्तिमा

बाल्दै ज्ञान दियो यही भुवनमा हट्दै गरोस् अन्धैकुप:

पुर्खाकै पद चिन्हमा उभिएरै गर्जेउ बैरीसित

खुळ्ला द्वार नि देवलोक भरि पूर्णै हुन् तिम्रा कर्म ती ।।१७।।

तत्वै दर्शिन त्रिफला लिएर आऐँ रोप्न नेपालमा

राष्ट्रै उच्च बनोस फैलिएर ती राष्ट्रियताका जरा

झाङ्गीदै त समाजबाद पनि त्यो संमृद्ध होस् देशनी

जो छन् सो सब धर्मज्ञ हुनु गरी लोकै हितैषी मनै ।।१८।।

पूर्णैहुन् सब खेतबारी फसलै झुल्दै किसान् हुन् खुसी

सत्यै भाव बुझी गुणी जन सबै लाग्दै रहुन् कर्ममै

रोप्दै बीउनि धर्मनीति सब ती झाँगी रहुन् खेतमा

मस्कंदै जन फालिदिन्छन तिम्रो मार्गै भरीका शर ।।१९।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।