आयो कोही खेल्यो यस्तो, खेल ममाथि ।।
कोर्यो सलाई छर्किदियो, मट्टीतेल ममाथि ।।
सोँच्छु साँच्चै दुखेर, भन्दो हो मेरो देशले ।।
ब्वाँसाहरूको रजाइँ छ, अचेल ममाथि ।।
शराब मागिस्,शीतन मागिस्, बान्ता काखमै गरिस् ।।
भन त साथी यो व्यवहार, कतिञ्जेल ममाथि ।।
आँठो मिच्छ,बाली लाउँछ,घुरान यतै फाल्छ ।।
र रोक्छ स्वार्थी छिमेकीले, नुनतेल ममाथि ।।
जसका निम्ति ढाल बनेँ,चट्टान बनेँ जीवन बनेँ ।।
उसैले गर्यो धसेर छुरा, झेल ममाथि ।।