(छन्दः शार्दूलविक्रीडित)
हाम्रो औसत आयुमा छ बढिया अज्ञानका रोगता
पाल्दैछौँ त सदा सुशान्त घरमा मान्छे कता हो कता ?
भाग्दा चर्किन गो’ स्वदेश भरमा आक्रोश दारुण्यता
फन्दामै परियो तथापि म गरौँ सद्बुद्धि अङ्कुर्णता ।
१
पैलेका दिनमा सुपात्र त थिए संसार पहिल्याउँथ्ये
नौलो ,सीप, कला र ज्ञान–गुनमै आदर्श फैल्याउँथ्ये
ऐलैका दिनमा कुपात्र त भए मात्वृत्व जो त्याग्दछन्
श्रीसम्पत्ति सबै लगेर घरको यै देश रित्याउँछन् ।
२
आफ्नै मानिसमा सुधार नहुँदा धोका सबैमा भयो
सीपै–ज्ञान, बढे गलेर त युवा संसार सर्दै गयो
यस्तै चाल रहे त मान, पदवी लिन्छन् यहाँ खै कति ?
हाम्रा गौरव जो त तुच्छ गरियो ठूलै भयो झन् खति ।
३
भाषा भेष भयो सवैं विविधता सस्कार भिन्दै भयो
मान्छेका बिचमा हुने र नहुने खाल्टो ठूलै त भयो
त्यसैले नहुने कठै ! धनिकमा हातै पसारी गयो
मान्छेमा जड–उग्रता अझ कति ? व्यर्थै शिकारै भयो ।
४
भावी दःुस्फलबाट बच्न अहिले सोचांैँ नयाँ दृष्टि नै
थालौँ लेख्न नयाँ र काव्य रसिला मागौँ त उद्योग नै
सिन्की, छोप, अचार, गुन्दु्रक यतै मान्द्रा र डोका बुनौ
कोक्रा, खाट, दराज भोग्य घरकै उत्कर्ष आफ्नै गरौँ ।ं
५
झण्डा शान सदा विशाल घरको झुक्दै नझुकोस् कतै
जो छौँ यो घरमा निराश नबनी लम्केर हिडौँ सधैँ
पाखण्डी घरका त भ्रष्टजन यी नैराश्य पारौंँ सदा
यौनैदास घटोस् उदण्ड मनुवा दण्डै तिरोेस् सर्वदा ।
६
बाँझो फोर्न परे फुटाइ धरको खोजेर सञ्जीवनी
शिक्षा, ज्ञान, लियाँै तिखो जगतमै वांैरिन्छ यो जीवनी
बन्ला पाठ सबै अवश्य अहिले आलस्य व्युँत्याउँने
होला ज्ञान सदा सफा हृदयले संसार थर्काउँने ।
७