मुटु भित्र एउटा चित्र सजाको छु मैले,
त्यै चित्रको सहारामा रमाउंछु जहिले ।
विश्वासको सगरमाथा कोरेकी छु मनमा,
जँहा बसेनी गौरव गर्छु संधैं आफ्नो पनमा ।
नेपालकी कन्या म त भृकुटी र सिता
संसारमै फैलाई दिन्छु बुध्दत्वको गाथा ।
मन भित्र देशको माया साँचेकी छु मैले,
त्यै मायामा रमाउंछु सबै भन्दा पहिले ।
आफ्नो देश खोज्दा हरपल हृदयमा पाउँछु,
नयनभरी छाउंछ देश झुकी शिरचढाऊँछु ।
सबको मनमा गुराँस बनि फुल्न पाए हुन्थ्यो,
डाँफे बनि माटो चुम्दै डुल्न पाए हुन्थ्यो ।
मुटु भित्र एउटै रहर साँचेकी छु मैले,
त्यै रहरले पुगौंला घर चाहनामा जहिले ।।
घट्टेकुलो काठमाडौँ ।
(हाल भर्जिनिया युएसए)