18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत सुरेन उप्रेती June 14, 2020, 4:34 pm

तिमीलाई कसैले सोध्यो भने

शान्ति खोज्ज गएको छ भनि दिनु

झुपडीमा जाडो पिँउदै बस्ने

नाङगा नानीहरु सँग

न्यानो बाँड्न गएको छ भनी दिनु

तिमीलाई कसैले सोध्यो भने

शान्ति खोज्ज गएको छ भनि दिनु

खडेरी लागेका गाँउमा

अनिकाल परेका बस्तीमा

बेशाहा भएर पसेकोछ भनिदिनु

तिमीलाई कसैले सोध्यो भने

शान्ति खोज्ज गएको छ भनि दिनु

महामारी फैलिएका झूप्राहरुमा

हाहाकार फैलिएका बुकुराहरुमा

संजिवनी लिएर पसेको छ भनिदिनु

तिमीलाई कसैले सोध्यो भने

शान्ति खोज्ज गएको छ भनि दिनु

अँध्यारो भरिएको बस्तीमा

रात पोखिएको अँध्यारोमा

शिक्षा दिपशिखा भएर छिरेकोछ भनिदिनु

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।