14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गजल

गजल सन्ताेष लुइटेल किंसुका June 24, 2020, 9:26 pm
सन्ताेष लुइटेल किंसुका
सन्ताेष लुइटेल किंसुका

दिन सम्झी पाइला चालेँ तर कालो रात मिल्यो ।

सङ्गी सम्झी विश्वास गर्दा आज यत्रो घात मिल्यो ।१।

कति चाँडै घनिष्ट भाे सम्बन्ध त्याे तिम्राे मेराे

ए्क्लाे यात्री साथ खोज्दा आखिर तिम्रो हात मिल्याे ।२।

अघि बढ्याैँ सँगसँगै यात्रा गर्ने चाह बाेकी

तिम्ले नयाँ साथी भेट्याै मलाई फेरि लात मिल्याे ।३।

स्वार्थी रै'छाै तिमी सारै मैले कैले बुझिनछु

स्वार्थ पूरा गर्न मलाई सधै मिठो वात मिल्याे ।४।

धन्य भयो हाम्राे भेट भँमरा र फूलसरि

सधैँ चम्पा बनूँ ठान्थेँ 'किंशुका' को जात मिल्याे ।५।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।