14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

बुढिया र पहाड

लघुकथा ईगम खालिङ June 24, 2020, 9:27 pm
ईगम खालिङ
ईगम खालिङ

थोत्रे झोपडीबाहिर कठ्याङ्ग्रिने जाडो छ । आँखा राम्रो नदेखे तापनि बाहिर निस्केर हेर्दा बुढियाले पारि पहाडमा डढेलो लागेको देखिन् । भित्र पसेर अत्तालिँदै गाग्रोबाट पानी लोटामा खनाएर आफ्नो झोपडीका चारैतिर छर्किन् । त्यसपछि भित्र पसिन् । भित्र चुल्होमा दाउरा ठोसेर कति फूफू गरेर फुक्दा पनि आगो बल्दैबल्दैन मात्र धुवाँ-धुवाँ भइरहन्छ । रिङ्गटा लागेर झटारिँदै बाहिर निस्कन्छिन् अनि फेरि एकपल्ट त्यहीँ पहाडतिर हेर्छिन्—त्यो अघिको डढेलो अझ भयङ्कर भएर दन्किरहेको रहेछ । भित्रबाट फेरि एक लोटा पानी लिएर कुनि के के बरबरिँदै पहाडतिर छर्किन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।