ढुङ्गा हुन पनि आउँछ फूल हुन पनि आउँछ
यो मुटु यस्तै छ प्रिय संगै रुन पनि आउँछ
पिडा लिएर भाग्छ पनि यो सहन नसकी
माया बोकेर कहिले त्यो दिल छुन पनि आउँछ
प्रेमले सकि नसकी दिएकै त हो औंठी पित्तलको
पहेँलो धातु उस्तै उस्तै हो किने सुन पनि आउँछ
सम्झ त ढुङ्गा कुँदेमा देउता पनि बन्छ नि
हुन त बाँस हो बनाए मिठो धुन पनि आउँछ
के गाली दिन्छौ गगनलाई बुद्धुु तिमी
जाबो पन्ध्र दिन प्रतीक्षा गरन जून पनि आउँछ
सानीभेरी- ४ ,रुकुम (पश्चिम)