औँसीको यो रातमा जून खोज्दैछु म
ज्योति छर्ने जूनकै हुन खोज्दैछु म
हजारौँको भिडमा एक्लो एक्लो भएँ आज
सकिनँ हाँस्न सकिनँ बाँच्न दुनियाँ माझ
शिशिरको दिनमा फूल खोज्दैछु म
बास्ना छर्ने फूलकै हुन खोज्दैछु म
हजारौँ छन् मान्छे कसको भर यहाँ छ र
सकिनँ नाच्न सकिनँ बाँच्न एक्लै तर
मरुभूमि यो ठाउँमा जल खोज्दैछु म
प्यास मेट्ने जलकै हुन खोज्दैछु म