समय ! कर्फ्यू आदेश
था’छैन मेरो छातीको
कुन कुनो ताकिरहेछ,
दिउसैं ऐंठन तुल्य
लम्पसार म
चल्न चट्पटाउन निषेध छ।
मेरो नीति र उसको नीति बीचको यो पटाक्षेप
पटक पटक,
मेरो ज़िन्दावाद
उसको मुर्दावाद
मेरो मुर्दावाद
उसको ज़िन्दावाद
बिलकुल उत्तर दक्षिण ।
आआफ्नै
विरासतको गीत
घडी पला प्रहर
विरासतकै डंका पिटनुको
औचित्य
म मैं
तिमी तिमी नैं
हो त?
यक्ष प्रश्न मेरो
आमने सामने मंज़ूर छ।
हाल अमेरिका।