अरेवियन नाइटसका कथा
धेरै भए अलाउद्धिनका चिराग
हाम्रा मिथक भएका छन्
मरुभुमिको त्यो देश, एकादेशको त्यो देश
तेलको अपार जल भण्डार
हाम्रा हातहरु खियाएका छन्
हातको पसिनाहरु हाम्रो धन
आजकल परदेश गमन भएको छ
दैनिक दिदिबहिनिहरु चिरहरण चित्कार
फस्टाउँदछ व्यापार योवनको
दिउँसै सिमा पार
सित्तैमा मुगलानको सपना
अरेवियन ग्राहकको सस्तो हाट बजार
दिउँसै बोली लाग्छ सुन्दरताको हाम्रो सुगन्ध
अब त व्यापारको श्रृंगार
दिउँसै लिलामी भएको छ
हाम्रा अनुहार बिरानो भएको छ
हाम्रा गाउँघर दलालहरुको आँखा सन्काई
माइती नेपालको चेलि आँखा तन्काउछन्
सीपाको वारपार
लाग्छ अब अरेवियन हाट बजार
यौवनको बोल कबोल टेन्डरको आहवान
फर्कदा खोक्रो बैंस मलीन अनुहार
साथमा टुहुरो यहि हो हाम्रो पहिचान
म अरेवियन पठ्ठो
बाबु मुल्लाह आमा नेपाली जात
मेरो जन्म मरुभुमिको जे्लमा
तर अहिले हुर्किरहेछु माइती नेपालमा