कठोर निष्ठुरी कालो रातमा, दियोको उज्यालो रोशनी प्रकास खुलेका झै प्रिय! तिमी मेरो जीवनमा खुल्दै खुल्द झपक्कै फुलेका मेलका रहरलाग्दा फुलका फुप्पाहरुमा भमरा झुले झै प्रिय!! तिमी मेरो जीवनमा खुल्दै खुल्दै आउ। यहाँ मैले यस श्र्राप परेको भुगोलमा आलो रगतको वीउ छरेको छु। तिमी आए पछि यो उर्मने छ। नयाँ नयाँ पालुवाहरु फेर्दै हराभरा हुँदै, हरीतपनले छाउने छ। सौम्य सुन्दर स्वादिलो सुवास फैलाउदै थुप्रै थुप्रै अपार स्नेहशील लटरम्म फुलहरु फुल्ने छन। ती मनमोहक फुलहरुमा आत्माविभोर पार्ने आर्कषक सौर्न्दर्यले छाउने छ। क्रमसःफुलबाट फल भएर जन्मिदा फुलको परिचय मेटिदै जाने छ।
त्यस फलभित्र थुत्रै आ-आफना अस्तित्वका वियाँहरुले जन्मलिने छन। यस बिशाल बसुन्धरामा विउबाट विस्तारै टुसाहरु हलक्क बढ्दै जाने छन।
आज मलाइ यो पलाउदै गरेको टुसा झै सम्वेदनशील अबस्थामा समयले छोडिदिएको छ।
यो संकटकालिन अवस्थामा मलाइ तितरबितर हुनबाट बचाउन तिमी अन्तिम ताराको मन्द प्रकास पछयाउदै म कहाँ आउ। उज्यालो पूर्व बाट नै उदाउछ, त्यसैले तिमी त्यही पूर्वको न्यानो भृकुटी उज्यालो लिएर आउ। कहिल्यै अध्यारोले नखोस्ने उज्यालो नै आज मलाइ चाहिएको छ। त्यहि दिब्या उज्यालो बनेर तिमी मेरो यो जीवनमा आउ....।
त्यो उज्यालोमा मात्रै म आफनो गर्भबाट आफै जन्मेको हेर्न सक्छु। मलाइ एकपटक आफैबाट आफुलाइ जन्माएको हेर्ने मन छ। आफनो लागी एकपटक मलाइ आमा हुन मन छ। म बाट जन्मिएको मेरो जीवनमा तिमी सहयात्री बन्न आउ। त्यस महान उत्सवमा म
तिमीसंगै रमाउन चाहान्छु। कहिल्यै रात नपर्ने त्यो र्मिरमिरे बिहानीमा बास्ने भालेका डाँकहरुसंगै आउ। उर्त्सग चेतना बाँढने त्यो भालेको आवाजमा समयको गीत लुकेको छ । त्यो गीत सुनाउन आउ। तिमी त्यो मार्ग तय गरेर आउ, जुनबाटोमा आजसम्म कोही हिनेको छैन। त्यस्तो स्नग्ध न्यानोपन दिने आगो लिएर आउ, जस्को आजसम्म कसैले अनुभव गर्न पाएको छैन। तिम्रो यात्रा तेन्जिगं नोर्गे सेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेदेखी शुरु हुन्छ। तिम्रो यात्रा जापानकी जुनको तापे महिलाले र्सवच्चशिखर चुमेदेखी शुरु हुन्छ।
स्वायम्भुतर्फसेता परेवाको लावालस्कर उडेदेखी शुरुहन्छ। मठमन्दिरमा शंखध्वानी, घण्टा र भजन किर्तर गुन्जेदेखी शुरु हुन्छ। आजकाल यस बसुन्धरामा विचरा देवताहरु पनि बस्न मान्दैनन्। देवताहरु पखार्लभित्रका कैदी भएर अताल्लिएका छन। ति निर्दयी पर्खालहरु बर्लिनको पर्खाल भत्कीय झै भत्काउन आउ।
देवताहरु बिस्थापित भएकोले मन्दिरहरु कुरुप र लावारिस भै समयको गर्भमा बिलाउदै गइसके। पुर्खाले दिएको अमुल्य सम्पदालाइ निहित स्वार्थमा साटी सके। भत्केका पाटी, अबला मन्दिरहरुलाइ पुनः स्वरुप दिन तिमी आउ। आजकाल हरेक मन्दिरहरु केवल मसानघाट झै सुनसान छन। बेवारीस छन ब्रदान दिने स्थानहरु......!
तर्सथ ति आदरणिय देबताहरुलाइ बिस्तापित भएको ठाउबाट उठाएर ल्याउ र यिनै मन्दिरमा बास देउ। यस बसुन्धरामा मान्छेको मात्र होइन देवताको पनि बास खोसिएको छ। गाँस खोसिएको छ। स्वास खोसिएको छ। अनि आश खोसिएको छ।
यहाँका ढुंगाहरु बलबाहु अरनीको बिना रोएका छन। यि चटानहरुमा युगले हस्ताक्षर गरुन भन्ने म चाहान्छु। यि पहाडमहरुमा भृकुटीले सान्तीको आलोक भरुन भन्ने म चाहान्छु। यी अनमोल निधिहरु बचाउन मलाइ गारो भो प्रिय, जस्ले रुख ढाल्छ त्यहाँ फुलहरु कसरी फुलिरहन सक्छन र! यहाँ हरेक पल आस्थाका रुखहरु ढलीरहे छन। बिस्वासका जराहरु
काटीएका छन। आशाका विउहरु सुकेका छन। अँशु बर्माले कैलाशकुट भवन यही धरामा रोपेर गए रे म थाकी सकें प्रिय त्यो आलिसान दरबार कता छ फेला पार्ने गरी आउ।
भेटियो भने त्यो पनि बेच्न सक्छन तर्सथ किन भने यहाँ बेचिन केही बाँकी छैन। मेरो मृतुसम्म बेचिसके। सहजलाइ असहज बनाउनछन जसरी तिलको गेडालाइ पहाड। अहो प्रिय पाइला पाइला फुक्दै आउ यो धरामा, धराप धेरै छन। इतिहाँसमा श्र्राप धेरै छन। जतिखेर पनि तिमी पासोमा पर्न सक्छौ।
जतिखेर पनि श्र्रापले एरीका काँडाले झै घोचिन सक्छौ। यो धरामा धेरै सकुनीहरु छन।
जतिखेर जस्ले पनि पासा थाप्न सक्छ। जन्मीएर जन्मदिने आमालाइ नै खाने निर्दयी माकुराहरु यहाँ धेरै छन। बिचार गरेर आउ। मलाइ फेरी एक पटक समयको गर्भबाट बुद्धलाइ जन्माउन मन छ। आदर्शनारी सीतालाइ जन्माउन मन छ। अनि भृकुटीलाइ जन्माउन मन छ। मलाइ एकपटक फेरी भानभत्तलाइ जन्माउन मन छ। वीर बलभद्र र अमरसिहं थापालाइ जन्माउन मन छ। फेरी मलाइ भिमसेन थापालाइ जन्माउन मन छ।
महाकबी देबकोटालाइ जन्माउन मन छ। मैले धेरै धेरैलाइ जन्माउनु छ। किनभने यहाँ जन्मिएकाहरु सवै अहिले बतासे अण्डाजस्ता मात्र छन।
चल्लाकोरल्न नमिल्ने अण्डाहरुको जमातले मेरो धरा भरिएको छ। त्यसकारण प्रिय मलाई त्यो महान गर्भाशय बोकेर आउ। बर्तमानले बतासे अण्डामात्र कोरलेकोले मलाइ अतितको गर्भ खोज्नु परेको छ। आफनो घरमा भकारी बनाएर अन्न अन्तै लुकाउने गर्छन यहाँ। यो धरामा खाली भकारीमात्र छन। रित्वभकारीबाट अन्न निकालेर बाँढने भाषण सुन्दा सुन्दा म थाकी सकें। बंगालीजादुगर छन् यहाँ राजनीतिको मैदानमा। मलाइ अब यो जादु हेर्नु छैन प्रिय।
मलाइ यो सिखन्डीको बस्तीबाट अलग गर। मलाइ यो सकुनीहरुको राजनीतिबाट अलग गर। मत बुद्धसंग सम्झोता गर्न चाहान्छु। यस धरालाइ फेरी बुद्धको जरुरत छ। कोख बाँझो पार्नेहरुको माहोल छ। सिउँदोको सौभाग्य बर्ढार्नेहरुको माहोल छ। आमाको दुध खान पाउदैनन यहाँका सन्तानहरु। दुधमा बरुद घोलेर पिलाउदै छन। प्रिय मलाइ समयको बलियो औलिसाको कुचो चाहिएको छ यि बिकृतिहरु बर्ढार्नलाइ। कठै यो धरामा निरंकुस्ताको रात कहिल्यै अस्ताएन। स्वतन्त्रताको बिहानी कहिल्यै उदाएन। कयौ जुनकिरीहरुले आफनो ज्योति गुमाए र पनि अध्यारो हटेन। प्रिय अब मलाइ कहिल्यै रात नपर्ने दिन चाहिएको छ र तिमी त्यो दिन लिएर आउ...
म बन्चित छु आमाको दुध पिउनबाट...ब बन्चित छु आमाको मायाबाट..म बन्चित छु स्वतन्त्रसंग जिउनबाट... यहाँ मेरो खुशी खोसिएको छ। यहाँ मेरो आस्था खोसिएको छ।
यहाँ मेरो आकास खोसिएको छ। यहाँ मेरो धर्ती खोसिएको छ। यहँा मेरो सपना खोसिएको छ। अनि मेरो जीवन....। जीवन हनन गर्ने यी राक्षेशहरुको बस्तीमा प्राणको रक्षा गर्न सकेको छैन। यहाँ गरुडहरु नागमाथी सासन गर्न चाहान्छन। यहा बिक्षिहरु धेरै भए...। यहाँ साँपहरु धेरै भए....। कसरी म बिक्षिहरुसंग रमाउन सक्छ- कतिन्जेल म
र्सपहरुलाइ दुध पिलाइ रहन सक्छु-- म थाके प्रिय मलाइ अन्तै लैजाउ जसरी र्सपले काँचुले फालेर हिन्छ त्यसैगरी यो निच दुनियाँबाट अलग गर। विष पिएर अमृत भन्नु परेको छ। आँशु पिएर हाँस्नु परेको छ। जीवनको लिलाम बढाबढ भएको यस माहोलबाट प्रिय मलाई अलग गर।
धारामा पानीसंग भ्यागुतो निस्कदा पनि म बिरोध गर्न सक्दिन।
आमाकै अगाडी छोरीको अस्मिता लुटिदा पनि म केही गर्न सक्दिन।।
म नालायक भएको छु। यस धरामा समयको महाभारमा म भिष्छपितामह बनेको छु। सत्य पनि मेरै काखमा छ, असत्य पनि मेरै काखमा छ। धर्म पनि मेरो हातमा छ, अधर्म पनि मेरै हातमा छ। म नामर्द भएको छु। त्यसकारण म बाट मलाइ जन्माएर यहाँ केही गर्नु परेको छ। आफुबाट आफुलाइ जन्माउनेहरुबाट मात्र यो धर्तीले मुक्ति पाउन सक्छ। जनताको
मुक्तिलाइ ब्यापार गरिएको छ यहाँ म त्यो ब्यापार गर्न चाहान्न।
आज हरेक मान्छेहरु अदृस्य बन्धनले बाँधिएका छन। फुन्कन खोज्यो झन झन पासोमा परिन्छ। यस्तो अबस्थामा म कसरी रमाउन सक्छु।
तर्सथ प्रिय तिमी जति सक्दो छिटो आउ...। म पानी सम्म स्वच्छ पिउन पाउन्न। म स्वास सम्म स्वच्छ फेर्ने पाउन्न भने अरु के पाउन सक्छुर!
यो सुन्दर सहर कोपरा बनेको छ। हरेकको मन, चरित्र र चाहाना पनि त्यहि कोपरा मै छ। अहो कस्तो दुगन्ध छ। तर यहाँ कसैलाइ खेद छैन किनभने बिदेशी बास्नाले ढाकिएको छ। गन्धमा रमाउने बानी पारीसके। ढलेको सिन्को उठाउन नसक्नेहरु यो देशको जग उठाउन कसिएका छन। आफनै घरमा आगो लगाउनेहरु यो देशको छानो हाल्न कस्सिएका छन। भित्ताहरु भत्किएर अर्काले साँध सारेको पत्तो छैन। कित्ताहरु मक्किएर
अर्काले काँध थाप्दै भित्र पसेको पत्ता छैन। म भुपिशेरचनको कबिता कतिन्जेल सुनी रहुं।
यो मुर्खहरुको देश....भनेर। घुम्ने मेचमाथीका अन्धा शासक भनेर। सक्दीन म यसरी जिन्दगी बिताउन प्रिय तिमी जसरी पनि आउ........
त्यसैले तिमी आउदा यो समाजको माया नपाइ, पारीवारिक आत्मसम्मान नपाइ एक राष्टका हस्ती भैरव अर्यालले आत्माहत्या गरे झै हरेक दिन हरेक भैरव अर्यालहरुलाई आत्माहत्यागर्नबाट बचाउन आउ। यस धरामा धेरै मान्छेहरु छन तर मानबताको लेश सम्म पनि छैन। लेस सम्म पनि मानबता नभएका मान्छेहरुको बिचमा बाँच्नु त मेरो लागी ठुलो
चुनौती बनी सक्यो। भित्र भित्रै खोक्रिएका मान्छेहरुको भींडमा म उभिन सक्दीन प्रिय।
यहाँ नबोदित प्रेमीहरु यस्तै खोक्रो मायाजालमा परेर बिचलित भएका छन। बिचलित पार्ने मायाबाट म धेरै धोका खाएको छु। मात्र, आजसम्म मेरो उर्त्सग प्रेम र बिर्सन नसकिने बिगतका ति दिब्य यादहरुले गर्दा तिमीलाइ खोजी रहेको छु। तिमी मात्रै त्यो अनमोल सपना हौ मेरी, जस्मा स्वतन्त्रता र ब्याक्तिगत स्वाधिनताको सौर्न्दर्यले परिपुर्ण छौ। आफना
चाहानाहरुमा अरुले सासन गर्न सक्दैन तिम्रो सौर्न्दर्यतामा। आफनो मानो पिठो नसकिए सम्म कसैले जीवन खोस्न सक्दैन तिम्रो उपस्थीतीमा। मलाइ रामको रामराज्य चाहिएको छ। मलाइ क्राइष्टको स्वार्ग जस्तै सुन्दरराज्य चाहिएको छु। मलाइ बुद्धको धर्मराज्य चाहिएको छ। तर यहाँ कुनै राजनीतिज्ञहरु भएनन। यहाँ कुनै राजनीति जानेका मान्छे
भएनन। मात्र जनताहरु डुबाउने जाने खेल जाने। राजाले रैतीबाट नागरिक हुन सम्म दिएनन। नेताहरु आफनो निहित स्वार्थ भन्दा नउठनाले र्सवभौमिक हुन दिएनन।
यहाँ राजनीतिज्ञहरु अन्धा चमेरा बने र आँखा भएर पनि नदेख्ने तर मुसाको सिकार गर्न नछोडने यस्ता जादुगरी नेताहरुबाट यस धराले कहिलै सुख, सान्ती र समृद्धिको अनुभुति गर्न
पाएन। केवल आपसमा खिचातानी गर्ने र एक अर्कोलाइ गोर्खेलौउरी हाल्ने राजनीतिमा
निपुर्ण भए। राजभत्त धेरै जन्मिय तर देशभत्त कोही जन्मिएन। तर्सथ प्रिय अब मैले तिम्रो अलौकि कोखबाट देशभत्तहरु जन्माउनु छ। यी बतासे अण्डाबाट देशभत्त जन्मिने आशा गर्नु त बिरबलको खिचडी पस्कने सपना देख्नु एउटै हुनेछ।
म भित्रै द्धोन्द चलेको छ। म बिनाको मेरो जीवन र जीवन बिनाको म बिच। म भन्छु जीवन म भएको हुनुपर्छ। म जीवन भएको हुनुपर्छ। अहँ छैन आपसमा नङ्ख र मासु बीच पनि झगडा छ। आँखाले सुनेको चाहान्न।
कानले हेरेको देख्न चाहान्न। ज्रि्रोले स्वाद लिएको नाकले हेर्ने सक्दैन। तर्सथ प्रिय यो झगडा मिलाउन आउ। मेलमिलापको निति लिएर आउ। एउटै शरिर भित्र पनि हरेक अंगबिच युद्ध छ। कुनै अंग लोकतन्त्र चाहान्छनन्। कुनै अंग गनतन्त्र! कसरी सम्झाउ म यो प्रसंगलाइ। शरीर नरहे केही छैन तर अंगहरु आपसमा एक अर्कालाइ देख्न चाहानन्।
आफनै स्वार्थमा रमाएका छन। आफनै निष्टामा देशलाइ लिलाम गरेका छन।
यसरी आपसमा काटाकाट गरेका छन। गहबाट कनार्ण्र बगेको छ। मेचीमा चोट लागे महाकाली रुनुपथ्र्यो तर यहाँ त्यस्तो छैन। आफनो पोल्टो भर्ने भन्दा माथी उठन नसकेका अंगहरु शरीरमाथी आफनो शक्ती पूर्व दर्शन गर्न चाहान्छन्। प्रिय यो पाण्डब र कौरवको युद्ध बन्द गर्न आउ। भाइ भाइ बिचको युद्ध सान्त गर्न आउ। यहाँ माया ममताको धज्जी
उडेको छ। बिस्वासको बिस्वास छैन। शुरक्षाको शुरक्षा छैन अब यहाँ कस्को बिस्वास भो र, कस्को शुरक्षा भो र....!
म हार खाइसकें। नदीका दुइ किनारा मिली सके तर यिनीहरु मिल्दैनन। बाह्र बर्षकुकुरको पुच्छर ढुंग्रोमा हाले पनि उस्ता उस्तै बाँगो भए झै नेताहरुको नियति सैधै यो देश र जनता प्रति बाँगो नै रहयो। जनता अन्योलमा छन। बादल भित्र गुम्सिएका छन। आँधी बिच
फसेका छन। झरी विच रुझेका छन। पहिरो भित्र पुरिएका छन। पहाडले थिचिएका छन।
भेलमा बगेका छन। बाढीमा डुबेका छन। मायाका झोताहरु गुमाएर आमाहरु शोकाएका छन......।
तन्नेरीहरुको लाश बोकेर बाबाहरु शोकाएका छन। गिद्धले अघाएर सिनो खान छोडी सक्यो तैपनी मार्न छोडृका छैनन। बाघ भएका छन मान्छेहरु। स्याल भएका छन मान्छेहरु, बाँदर भएका छन मान्छेहरु, ब्वाँसो भएका छन मान्छेहरु...। बनका तिखा काँडा भएका छन मान्छेहरु....। अजींगर बनेर कतिदिन खानेहुन जनताको जीवन। शिक्षा दिन नजानेर कुजात जन्मिए र तिनै देश बनाउन लागे। रगतको नदीमा तरबारको पुल तर्दे म कतिदिन देशको मुहार फेने सपना देखु......! गन्तब्य सुन्दर भएर पनि यात्रा कमजोर छ मेरो।
शिथिल छ मस्तिष्क सोच्दा सोच्दै भबिस्य। गतिशील जीवन ओझलमा पर्यो। तर्सथ हे प्रिय, तिमी जसरी पनि आउ र निको पार जनताको घाउ। यहाँ धेरैको छ लुटने दाउ यि सबैलाई तर लगाउ.....!
सुन्दर ति मेरा सपनाहरु, देख्नै नपाइ ओझेलमा परीसके।
अरुको लागी त म बाँचि दिएँ, मेरा लागी अरु मरीसके।।
तिमी भन्दा अरु कोही छैन मेरो मर्म बुझ। मेरो कर्म बुझे।
मेरो आँशुलाइ हाँसोमा बदल्न सक्ने केवल तिमी नै हौ। मेरो पिंडालाइ आनन्दमा बदल्ने केबल तिमी नै हौ। खै यहाँ त अर्काको पालो पैंचो मिचेर मन्दिरमा पुजा गर्न जान्छन्।
मलाइ बचाउ यी मान्छैहरु जुन जनावरभन्दा डरलाग्दा छन। जसरी हुन्छ, जे गरी हुन्छ, जस्लाइ फसाएर हुन्छ आफनो दुनो सोझाउने धर्म चलेको छ। यो पाशबिक सभ्याताको अबशेष भएर म कतिदिन बाँचु...! अहो प्रिय यहाँ अनाथहरु, कमजोरीहरु, बेशाहारहरु सडकमै बस्ती बसाएका छन। केवल जीवनको भीष माग्दै हिंडेका छन तर ति भन्दा भिखारीहरु महलमा देखें जुन जनताका सपनाहरु बेचेर बाँचेका छन।
गरिवहरुको नमुनालाइ आफनो योजना बनाएर मागीखाने भाँडो बनाएका छन। माग्नेहरुको नाममा मागेर खानेहरुको हातमा यतिखेर मेरो देशको भबिस्य परेको छ। त्यसैले त भबिस्यालाइ पनि दर्रि्र बनाए। यी मन्का दर्रि्रहरु, मन्का भिखारीहरु बिशिष्ट बनेका छन आज। शिष्ट नभएका बिशिष्टहरुको माझ म कतिदिन बाँचु मृत्युको प्रतिक्षामा। बिभाजित मन
लिएर कति दिन देश चलाउन सक्छन र.....- राजनीतिको कपटी पासोमा म कतिदिन बाधिने..-
हे मेरी प्रिय मैले तिम्रो साथ पाएँ भने म यो थोत्रो आदर्शलाइ भत्काएर नयाँ आयाम थप्न
चाहान्छु। नयाँ निर्माण गर्न चाहान्छु। तिमी त्यहि जिवन्त चाहाना बनेर मेरो जीवनमा आउ। नोटमाथी कतिन्जेल चढाउ म.....! पुजारीहरुको भरमा नै देवताहरु बाँच्न बाँध्य छन भने ति कायर देवताहरुले कसरी समृद्धिको बरदान दिन सक्छन त...-बागमतीको शुद्धजल नेपालीको बिशुद्ध आचरन बनेकोमा म कति दिन दुखी बनी रहुँ...-आफनो गोठमा भकारो सोर्न छोडेर अर्काको घरमा पोत्नु परेको छ। आफनो घरको छानो भन्काएर अर्काको पालमा ओत्नु परेको छ.....! राजनीतिले मलाइ मेरो देशबाट अलग
गरिरहेको छ।
यहाँ प्रकृतिले स्वयंम फुल फुलाउन पाएको छैन। लह लह पालुवा हाल्न पाएको छैन।
किन फुल्न छोडे फुल, बसन्त आउदा पनी..!-
संधै पछि म किन परें, अबसर पाउदा पनी.....!-
यस्को जवाफ बनेर आउ प्रिय। बिशाल पहरा भित्र हात हालेर तिमीलाइ झिक्न तयार छु। पहरामा अमुल्यबस्तु तिमी नै हौ मेरो। बरु हात गुमोस बरु जीवन गुमोस तर म तिमीलाई गुमाउन चाहान्न। तिमी त पहराभित्रको अमृतमय शितल जीवनदायिनी जल हौ, जुन जमेर
शिलाजित बन्छ। म त्यहि शिलाजितको रुपमा तिमीलाइ पाउन चाहान्छु। मैले सजाए धेरै
भोगें,
अध्यारो कोठामा लगेर हाने....!
शिथिल शरिरलाइ जन्जीरले बाने..!
मलाइ नै देशको बैरी ठाने....!
यो कस्तो तमासा, दैब नै जाने....!
सम्वेदनशील अंगमा आगो झसे...!
खै मेरो रगतले कस्लाइ पोसें....!
नैसर्गिक अधिकार समपुर्ण खोसे...!
यातना दिएर मृत्युमा ठोसे....!
सहज मृत्यु यहाँ पाइन्न...!
बाँच्न खोजेर बाँच्न पाइन्न...!
कति बगाउ आँशु, कति बगाउ खुन!
जनताको रगत पिउने आखिर यी को हुन...-
प्रिय मलाइ यस्को जवाफ चाहिएको छ, तिमी त्यो जवाफ बनेर आउ।
चार जात छत्तिस वर्ण्र फुलबारीमा, फुलहरु असमान्ताका सिकार भएका छन। फुल्न खोज्दा लखन थापा हुनुपर्छ। स्वतन्त्र जीवनको सुगन्ध र्छन पाइन्न। र्छन खोज्दा धर्मभत्त। पालुवा हाल्न पाइन्न, पालुवा हाल्न खोज्दा दशरथ चन्द हुनुपर्छ। जीवनको उत्सव मनाउन पाइन्न, मनाउन खोज्दा गंगालाल हुनुपर्छ अति त्यस्तै सृजनाका बिउहरु र्छन पाइन्न, बिउ उमार्न
खोज्दा शुक्रराज शास्त्री हुनुपर्छ। त्यसैले यस धरामा ज्यादती फैलिएको छ। यतिखेर दुर्योधन देशको हर्ताकर्ता बनेको छ। यहाँ बिदुरका लोकतान्त्रिक पथहरु भत्किएका छन। बरु सकुनीका जालहरुले सालको रुखलाइ मालुको लहराले बेरेझै, मेचीदेखी काली सम्म हिमाल
देखी तराइसम्म गाँजेको छ। हरेक दिन डोकोमा दुध दुने भाषण दिन्छन्। बिरोध गर्न पाइन्न नत्र फेरी सुरुगांमा लक्ष्मी पाण्डेलाइ मारे झै मार्छन। आँखा नदेख्नेहरुलाइ अइना किनेर बाँडने योजना बनाउछन। मामाको घोडी मेरी हिंहिं...गर्नेहरुले नेपाल आमाको हिर्मत लुटेका छन। बिकासका बोत्तलहरु दिन प्रतिदिन नयाँ फेरिन्छन तर उपल्ब्धी पुरानै उही
ढुसी परेको हुन्छ। यतिखेर भिमसेन थापाको जरुरत थियो तर त्यो बिना पर्खालको कैदी बनाइसके।
मित्रराष्टहरु थाकीसके चन्दा दिंदा दिंदा। चन्दा को कस्लाइ दिने...! कति सम्म दिने....कतिन्जेल दिने...। प्रिय म यो प्रस्नको जवाफ खोजीरहेको छु तिमी त्यस्को जवाफ बनेर आउ। पुर्खाको बहादुरीलाइ कान्छा र कान्छीमा बदलेर जनताले बाँच्नु परेको दर्द कस्ले बुझ्ने..! तर्सथ यो पाशबिक प्रथा बन्द गरी स्वदेशमै रमाउने बाताबरण लिएर आउ।
मेरो भाग्यलाइ आफनो खेत् गिर्ने मलिलो जमिन बनाएका छन। मेरो जीवनको म मालिक हुदाहुदै पनि आफु मालिक भएर मैमाथी हैकम चलाएका छन। प्रजातन्त्रको वकालत गर्दै मेरै जीवनसंग खेलवाड गरेका छन। प्रिय यो प्रजातन्त्र हुनै सक्दैन। प्रजातन्त्रको असली रुप र सौर्न्दर्यता तिमी नै हौ। जति पनि मैहुँ भन्दै आउछन ति सव धमिलो पानीमा माछा मार्न खप्पिस मात्र आउछन। अनुहारमा शहिदको रगत पोतेका, जिउमा जनताका सपनाहरु चिथोरेका, त्यस्मा पनि नेपाली टोपी र बिदेशी पासो घाँटीमा बाँधेर राज्यसत्ता हत्याउन कसिन्छन र हानाहान गर्छन। यतिखेर देशका प्रबुद्ध बर्ग बुद्धि भएर पनि बुद्धिहिन जस्ता छन। खुटटा भएर पनि अपांग भएका छन। कान भएर पनि बहिरा छन। आँखा भएर पनि
अन्धा भएका छन। बास्तवमा आँखाले देख्न नसक्नेलाइ दृष्टिहिन भनिन्छ भने आँखा भै भैकन पनि नदेख्नेलाइ नै अन्धा भनिन्छ। तर्सथ यस्ता अन्धाहरुको आँखा खोल्न आउ। तिम्रो उपस्थिति बिना यहाँ कसैका आँखा खोलिन्नन्। प्रिय तिमी यस्ता राजनैतिक अन्धाहरुको चेतनाको आँखा खोल्न आउ। नुन खाएका कुखुरा झै झोक्राएका बुद्धिजिवीबाट के आशा
गर्ने। र्ठराले झस्केपछि मात्र होसमा आउने त्यस्ता बिहोसीबाट देशले के पाउन सक्छर...!
म हात्ति भएर के गरु एउटा घसेटो माउतेले ठीक पारी रहेको छ। यि जुकाजस्ता चुसाहा राजनैतिक माउतेहरुबाट प्रिय मलाइ मुक्ति देउ।
यी राजनीतिज्ञ माउतेहरुले निंरकुस्ताको अंकुसले मलाइ ठिक पारी रहेका छन। म बीर हात्ति भै के गर्नेर.....! जब बुद्धिमा नै बिर्को लगाइ दिएका छन।
यसरी मेरी आमाको काखमा राजनैतिक माउतेहरुको बिकबिकि कति सम्म सहेर बस्ने म....!
आउ प्रिय महबाट मौरी निकाले झै निकाल्न आउ। म सोच्थें, अन्धकार अब सकिए छ भनेर तर होइन रहेछ। अन्धकार त भर्खर मात्र शुरु भएको रहेछ। मेरो देशको आकासमा
ग्रहण लाग्न पो थाले छ। मेरो देशको धर्तिमा भर्खरमात्र भुकम्प चल्न थाले छ। राजाको राज हटाउलान तर तन्त्रको जग जति हल्लेपनी, जति हल्लाए पनि डेग चल्दैन। किनभने नेताहरु त्यस्का खम्बा भएर उभिएका छन।
मलाइ मेरी आमाको आँशु पुछनु छ। मैले मेरो सामर्थलाइ चिन्ने र बुझे अबसर चाहिएको छ। एकान्तमा बसेर म एक्लै हुन सक्दिन तर मान्छै मान्छेको बीचमा एकलो भएको छु।
मेरो देशको मझेरीमा अन्धकारले छाउन थालेको छ। मेरी आमा नेपाललाइ राजनैतिक बन्धक बनाउन थालेका छन। प्रिय यो संकटबाट मुक्त गर्न आउ।
हिजोको बिहानीमा कालोबादल लागेको थियो आजको बिहानीमा त सूर्यग्रहण पो लागेको छ र त्यस्मा पनि कालोबादल हटेको छैन। यो बिषम परिस्थितिमा आमालाइ बन्धक बनाएर आफनो दुनो सोझाउने नेताहरु आपसमा युद्ध गर्नेछन्। उहि पुरानो अन्धकारले नयाँ परिबेशमलाइ ढाकेको छ। आखिर परिवर्तणको अर्थ नै के रहयो र...!
आखिर जनताको बलिदानको महत्व के रहयो र....! प्रिया अर्थहिन बलिदान र सवभौम समपन्न गर्न नसक्ने परिवर्तनको अर्थ नेताहरु बीचबाट चोरी भएको छ। आपसमा चोरी गर्छन र दोस एक अर्कालाइ लगाउछन र दयित्वबाट पन्छिनछन। यो मेरो देशका दर्रि्रनेताहरुको अग्रगामी संस्कार हो। यो अंध्यारी रातमा जुनको दियो बालेर क्षितिजतिर टोलाइ रहेको छु जहाँबाट तिमी आउने छौ।
आकासबाट जति पानी परेपनि मेरो धर्ति किन बाँझै छ....-! मेरो प्रस्नको जवाफ दिने यहाँ कोही छैन। जवाफ चाहानेहरुको आर्तनाद गुन्जीरहेको छ हरेकका आगनमा यिबोग र बिजोग बनेर।
म यो परिवर्तनको शाक्षी हु र पनि मेरा दुई आँखाले दुइ इसारा हेरीरहेको छु।
एकातर्फहिराको पर्खाल...अर्कोतिर काँचको दरबार। तासको जामा लगाएका मेरा अगुवाहरुको राजनैतिक नाटक हेर्न रगतको टिकट काटी रहेको छु। हे मेरी सुलोचना, तिमी नआउदा सम्म म यि राजनैतिक झुसिलकीराहरु मेरो काँधबाट फुत्त फाल्न सक्ने छैन। आज धेरैले धेरै जानी सके... तर जे जान्नु पर्छ कसैलाइ थाहा छैन। आज धेरैले धेरै लेखी सके.....तर के लेख्नु पर्छ त्यो कसैलाइ थाहा छैन। तर्सथ जुनकुरा थाहा पाएका छैनन, त्यहि
थाहा पाउन तिमी आउनु परेको छ। मैले तिमीलाइ मेरी आमाको कोख बाँझो नपार्न बोलाएको छु। तिमी नै आमाको कोखबाट जन्मिएर मेरो जीवनमा आउ। तिमी आउदाको पिंडा सहन तयार छिन मेरी आमा तर तिमी आउनु पर्छ। प्रतिक्षामा आमाले धेरै कोसी बगाइसकिन। धेरै गन्डकी बगाइसकिन। धेरै कर्नाली बगाइसकिन। धेरै मेची र काली बगाइ सकिन.... कति बगाउने आँशु यस्को पनि सिमा हुन्छ तर यहाँ त्यो सिमा पनि
नाघिसकेको छ। र्मैले मेरा माउतेहरुलाइ कटबासको लौरो दिनुपथ्र्यो तर बन्दुग दिएर गल्ति गरे....! आज बुद्धको आगन रगतले पोतिदै छ। आज शिबको भुमी, लाशले ढाकीदै छ।
बन्दुगको नसा लाग्छ यो पनि अफिम हो...यहाँ अफिमको खेती चल्दैछ। आज मलाई हतियार खोस्न गारो भो। मेरै छातीमा ताकेर मेरै हिर्मत लुटन थाले।
मलाइ यस्तो लागीरहेको छ की गरिवीले नांगिएको छातीमा बुटले शासन गर्दै छ र बन्दुगले रक्तपात मच्चाउदै छ। आतंक्कको छत्रछायाँमा बुद्धको आत्मा छटपटाइ रहेको छ। प्रिया यो दुरदशा बेहोर्नु भन्दा पहिले नै तिमी आउ। कुण्ठाको रानीपोखरीमा डुबेका मान्छेहरु बचाउन खोज्दा आफै डुबीरहेको छु। तिमी बिना मलाइ निकाल्ने नै को छर....! मेरी प्रिय
मनोलिसाको अधरको मुस्कानको भेउ नपाए झै मैले मेरो भबिस्यको भेउ पाउन सकिन।
तिमी त्यो भेउ बनेर आउ। आजकाल मेरो नाथीगार गाउमा भाले नबासेर पनि बिहानी उदाउन थालेको छ। भुलेहरु सबै बिस्तापित भैसके। पोथीबास्नु पर्ने भएको छ तर पनि बास्न पाउदैनन्। डर नै बन्धन बनेको छ। डर नै संस्कार बनेको छ। डर नै मृत्यु बनेको
छ।
यो देशबाट डरको जरो उखेलेर फाल्न को-
क्रमस...........................