सगरमाथा चुम्दै हुन्छु डाँफे सँग खेल्दै हुन्छु ।
राष्ट्रिय झण्डा उडाउँदै झन झन उच्च पार्दै हुन्छु ।
जब म आँखा बन्द गर्छु ।
उज्यालो पोख्दै न्यानो छर्दै हिमाल पहाढ तराइका
बस्तीहरुमा घुम्दै हुन्छु जब म आँखा बन्द गर्छु ।
सगरमाथा चुम्दै हुन्छु डाँफे सँग खेल्दै हुन्छु ।
राष्ट्रिय झण्डा उडाउँदै झन झन उच्च पार्दै हुन्छु ।
जब म आँखा बन्द गर्छु ।
फर्कँदै हेर्दै झन झन भाग्छ भोक रोग र अशिक्षा
म झन बेगिन्छु बस्तीहरुमा
जब म आँखा बन्द गर्छु ।
सगरमाथा चुम्दै हुन्छु डाँफे सँग खेल्दै हुन्छु ।
राष्ट्रिय झण्डा उडाउँदै झन झन उच्च पार्दै हुन्छु ।
जब म आँखा बन्द गर्छु ।
लज्जालु यौवनाझैं मुस्कुराँउँदै
बस्तीले हार्दिकता फैलाउँछ ।
म आगो र पानी भन्दा छोइने भएर
अंकमाल गर्छु ।