19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कविता

कविता ममता पंत मिश्र July 9, 2020, 2:38 am

कविता साधना हो

कविता भावना

शब्दमा तस्बिर उतार्ने

कविता हृदयको दर्पण

कविता मै बग्छ गंगा

कविता मै इन्द्रावती

कविता मै फुल्छ लालिगुराँस

कविता मै कादम्बिनी

कविता बोल्छ त्यो भाका

जो बोल्दैनन कोही

कविता पुग्छ त्यहाँ

जहाँ पुग्दैनन कोही

रूझेका परेलीहरुको

काहानी हो कविता

बिद्रोही आत्माहरुको

आवाज हो कविता

कविता संगीत हो

हृदयको झंकार

कविता गीत हो

कल्पना भित्रको मिठास

आँधी तुफान भित्रको

आबेग हो कविता

बिना गोली र बारूदको

युद्द हो कविता

मन भित्रको सम्वादलाई

सजिवता दिने

लाग्छ कबवता नै जीवन हो

परमआत्मासंग आत्मा मिलाउने

लाग्छ कबवता नै जीवनको साधना हो

अस्ट्रेलिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।