वर्षौं पहिले हामीलाई नियतिले जुटाइ दियो
गुनासो कस्लाई पोखौ खै समयले छुटाइ दियो
नओइलोस मन भनेर राखेकीथे जतन गरि
हामी दुइको कोमल मन ओइल्यो फूल सरी
हामी बिचको दुरी घट्यो सम्झनालाई टुटाइ दियो
गुनासो कस्लाई पोखौ खै समयले छुटाइ दियो
बग्यो मनको भेलसङ्गै मनका सबै दुरीहरु
फूल टिप्ने भूल गर्दा धेरै सहे मजबुरिहरु
मनको डेरा सर्यो कतै माया सबै टुटाइ दियो
गुनासो कस्लाई पोखौ खै समयले छुटाइ दियो ।
बिर्तामोड २ चारपाने झापा ।