19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भानुको महिमा

कविता उमाशङ्कर पौड्याल July 23, 2020, 3:45 am

भानुभक्त थिए समस्त नेपाली जगका आदि अनादि कवि

हेर्दामा हसिँला थिए ति रसिला त्यस्तै थ्यो उनको छवि

कोड़िण्यै गोत्र थियो कविजीको आचार्य तिनको थर

रम्घा गाउँ थियो तनहुँ जिल्ला बस्ने उनैको घर।

कविको महिमा गरेर जनले कहिले कहाँ पुग्थ्यो र?

भानुको राप ताप प्रताप कहिले छेके कहाँ लुक्थ्यो र?

भाषा शैली स्वच्छ सरल थियो बग्ने नदी नै सरी

पंक्तिबद्ध थियो भब्य मिठासहरूको पड़्न्या सजिलो गरी ।

साह्रै कष्ट थियो त्यसताक समयमा पढ्न पढ़ाउन परे

हाम्रा पनि रहुन् विद्वान्‌जन भन्दै भलो जो गरे

संस्कृत जस्तो कड़ा अनि कठिन भाषा जो उल्था गरी

जातिको हितलाई भनेर कविले मनमै उमंग भरी।

झुक्ने छैनन् भानुभक्त कहिले हाम्रो नजरको अघि

छिप्ने छैनन् कुनै प्रहरमा बल्छन सधैं धपधपी

तिम्रो काम नाम सारा जगमा भुल्ने नै पो को छ र

उनको ज्ञान ध्यान लिएर मनमा सन्देश जनमा छर।

- कालिम्पोङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।