19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

खै के हो जिन्दगी

कविता ममता पंत मिश्र August 3, 2020, 9:36 am

यो धुप जिन्दगी

यो छायाँ जिन्दगी

आशा अनि निराशा

खै के हो

के हो जिन्दगी

केही मिठा केही तिता

अनुभूतिहरुको संगालो

हो की जिन्दगी ?

कैले लाग्छ

उड्दा उड्दै काटिने

चंगा हो जिन्दगी।

सुखमा अलिकति दुःख घोली

हाँसोमा अलिकति आँसु मोली

मिस्सीएर बग्ने बर्षाको भेल

हो की जिन्दगी?

कैले घाम कैले पानी

घाम पानीमा इंद्रेणीको रंग नै

हो की जिंदगी ?

कहाँ सुरु कहाँ अन्त

यो भुलभुलैया जस्तै जिन्दगी

तीतामीठा कहानीहरुको

संग्राहलय हो की ?

खै के हो

के हो जिंदगी

अस्ट्रेलिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।