जलुको जरिङ्गो अनि लट्टेको साग खै?
ठेउवा मुनियाँ अनि पँहेल्चुच्चे काग खै?
हिङ जिम्बु अनि खुर्सानीको त के कुरा?
कराईमा तातेको तोरीको तेलमा राग खै?
काट्यौ चोर्यौ हात्तीका दाँतहरू तिमिले
लुकाएको एकसिङे गैँडाको खाग खै?
जेढोबुढो अनि पहेँले त छोडेनौ छोडेनौ
बाटाछेउका चौतारा बँगैचा अनि बाग खै?
आँफूले पियौ कलकल पानी मूलको
नाति अनि पनातिका पुस्ताको भाग खै?