पुष-माघको जाडोमा तिम्रो उन बन्न सके हुन्थ्यो
जिन्दगीको अधेरीमा तिम्रो जुन बन्न सके हुन्थ्यो।
इच्छा लाग्दैमा बन्न पनि नसकिने रहेछ के गर्ने
तिम्रो नसा नसामा बग्ने खुन बन्न सके हुन्थ्यो।।
सुन्दर, मनोहर फुलको मगमगाउने सुगन्ध तिमी
तिमीलाई आफूमा थप्न म सुन बन्न सके हुन्थ्यो।।।
दुःख लाग्छ केही गर्न सकिन मैले तिम्रो लागि
कहिलै तिरी नसकिने गुन बन्न सके हुन्थ्यो।।।।
जनजनको मनमा बस्ने हृदयस्पर्षी गीत तिमी
म चाहिं संगीतको मीठो धुन बन्न सके हुन्थ्यो।।।।।
धुपू, संखुवासभा