तनैभरि आगो दन्क्यो मनैभरि तृष्णा हजुर
मुहारमा कान्ति दिने हृदयमा शान्ति दिने कृष्ण हजुर
किन खटपटी मात्रै किन छटपटी मात्रै
बाँसुरी बजाउने छमछमी नचाउने कृष्ण हजुर
मख्ख पर्छन् जोपनि लट्ठ पर्छन् गोपिनी
बाँसुरी बजाउने मुटुभरि सजाउने कृष्ण हजुर
मनको बाधा गरिदिने आधा हे प्यारी राधा
बाँसुरी बजाउने मुसुमुसु हँसाउने कृष्ण हजुर
जुनेली त्यो रातैमा गोपिनीको साथैमा वृन्दावनैमा
बाँसुरी बजाउने रासलीला रचाउने कृष्ण हजुर