19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भानु तिमीलाई मेरो बन्दी सलाम

कविता गिरिराज आचार्य August 11, 2020, 10:24 pm

भानु तिमीलाई मेरो बन्दी सलाम

तिमीलाई एउटा बन्दीको मौन सलाम

तिमी मौन छौ म पनि मौन छु

आज म तिमीलाई सम्झेर त्यो दिनहरु सम्झी रहेको छु

जुन दिन तिमी पनि यसै गरि बन्दी भएका थियौ

तर ती दिन र आजको दिनमा अवश्य फरक छ

तिमीले न्याए नपाएर बेसितिमा झ्यालखाना बस्नु पर्यो

हामीले सत्य बोल्न पाउ भन्दा झ्यालखाना पर्नु पर्यो

तर झ्यालखानामा तिमीले छोडेर गएका उडुस र उपिँयाले

यहाँ पुनर्जन्म लिएर मच्छरको रुप लिइसकेका छन्

मच्छर हाम्रो जिवन खाने यमराज भएको छ

नयाँ नयाँ रोगको नयाँ नयाँ उत्पादन भई रहेछ

लाग्छ यहि बाट हाम्रो रगत खाएर उ मोटाइरहेछ

इन्सेफ्लाईटिस, फाईलेरिया र जण्डिस हाम्रो असाध्य रोग

भानु आज तिमीलाई यस झ्यालखानामा

सम्झी सम्झी रुन मन लाग्छ

मन भएर पनि यत्रो तिम्रो जन्मोत्सवमा

कैदभरि जिन्दगी बिताउनु पर्दा खल्लो लागि रहेछ

तर फेरि सम्झेर चित्त बुझाउछु

त्यसो होइन म त धेरै भाग्यवान रहेछु

जो बन्दी भएर मौन रहेर पनि

तिमीलाई यस बन्दीगृहबाट सलाम चडाई रहेछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।