नवीन पौड्याल भारतीय नेपाली साहित्यमा समालोचक भनी चिनीसकेका साहित्यकार हुन्। उनी दार्जीलिङ सरकारी महाविद्यालयको नेपाली विभागको पूर्व प्राध्यापक, वर्तमानमा पेदोङ सरकारी महाविद्यालय कालेबुङका भारप्राप्त अधिकारी (प्राध्यापक} पनि हुन्। साहित्यमा उनी राम्रा गीत र गजल सिर्जना गर्ने सर्जक पनि हुन्। युवा पुस्ताका सशक्त समालोचक पनि हुन् भनी प्रमाण अघिल्लो प्रकाशित समालोचनाकृति नेपाली कथा समीक्षा{सहलेखन}, आख्यान अनुशीलन{समालोचनात्मक लेख सङ्ग्रह}, साहित्य अनुशीलन{समालोचनात्मक लेख सङ्ग्रह} दिइसकेका छन्।
विमर्शमा साहित्य सन्धानः
समालोचक नवीन पौड्यालको चोथौ समालोचनाको कृति-साहित्य सन्धान सन्- 2018-मा (नई-इण्डिया- प्रकाशन सिलगढ़ीबाट प्रकाशित कृति हुन्। 15 वटा समालोचकीय रचनाहरू यसभित्र समावेश छन्। भानुभक्तिय रामायणको आख्यानपरक अध्ययनबाट शुरूभएका समालोचनामा पौड्यालले धेरै मेहनत र जाँगरले अध्येतालाई अघि बढ़ाएका छन्। अघिल्लो समालोचना कृति भन्दा धेरै माथि उठेर नवीनका प्रज्ञा कलम र बौध्दिकको खोराकमा माझिएका दृष्टिकोणहरू छन्। समालोचना समीकरणात्मक निर्णय समालोचकबाट भएको छ।
शोधपरक समालोचना भारतमा नेपाली नियात्रा साहित्यको सर्वेक्षणात्मक अध्ययन, दार्जीलिङका नयाँ पुस्ताका समालोचकहरू, भारतमा नेपाली लोकसाहित्यःसङ्कलन र अध्ययनको स्थिति, भारतमा नेपाली लेककथा-अभिप्रायगत अध्ययन स्थिति, भारतमा प्रचलित नेपाली लोक नाटक सामान्य परिचायत्मक अध्ययन, वर्तमान भारतका केही नारी समालेचकहरू संक्षिप्त अध्ययन आदि रचनाहरूबाट पौड्यालभित्र रहेको शोध व्चक्तित्व र अध्ययनलाई जान्न सकिन्छ। भारतीय नेपाली साहित्यमा कृतिमाथि तथा प्रवृतिमाथि थुप्रै समालोचनात्मक लेखहरू लेखियो, लेखिन्दै तर यस्ता शोधपरक रचनाहरू धेरै कम पढ़न पाउँछौ। अंग्रेजी साहित्य, हिन्दी साहित्यबाट यताउति अङ्कन गरी समालोचनात्मक लेखहरू धेरै प्रकाशित भइरहेका छन्- भविष्यमा पनि होला-नाम चलेका सर्जकमाथि र कृतिमाथि त झन् कुरै छैन-काम भइरहेका छन्। गाउँ-बस्ती चेपकुनामा चेप्टीएर बसेका हाम्रा कुराहरू सोध-खोज गरी नाङ्ग्लोमा राखेर केलाउने काम कठिन मात्रै नभएर गाह्रो स्थितिलाई च्यापेर कड़ा मेहनत गर्नुपर्ने हुन्छ। यस्ता स्थिति र मेहनत नवीनका समालोचनाले दर्शाएका छन्। हाम्रो साहित्यको सर्वेक्षणात्मक समालोचनामा र शोधपरक समालोचनामा नवीन पौड्यालको विशेष चासो देखिन्छ। यो साहित्य सन्धान समालोचना भारतीय नेपाली साहित्यको नाटक र गीत लोकपक्षमा धेरै नयाँ कुराहरू छिराएका छन्- गहन अध्ययन र शोधखोजको कसीमा राखेर। साहित्यको पाठक, विद्यार्थी र शोधार्थीको निम्ति काखीमा च्यापेर राख्नुपर्ने यो कृतिको महत्व यहाँदेखि उता पाठक आफैले बुझ्नु होला। सन् 2018-मा थुप्रै सिर्जनात्मक कृतिहरू प्रकाशित भयो। तर थोरै समालोचनाको कृतिहरू पढ़न पायौं। ती कृतिहरूमा साहित्य सन्धानलाई उत्कृष्ट कृतिहरूको सूचिमा राख्न सकिन्छ। साहित्य सन्धान पढ़नैपर्ने यदि कुनै साहित्यप्रेमी, जातिप्रेमीहरूले पढ़न पाउनु भएको छैन भने तपाई राम्रो कृति पढ़नदेखि ओझेलमा पर्नु भएको जस्तै बोध गरें। साहित्य सन्धानको विषयमा धेरै भारत बाहिरका वरिष्ठ साहित्यकार, असम, मणिपलुर, नागाल्याण्डका विद्वानहरूबाट प्रशंसा र महत्वलाई फोनबाट प्राप्त गरें। राङभाङ भेल्लीका सशक्त समालोचक किशन प्रधानले फोनमार्फत भने- भाई नवीन पौड्यालको-साहित्य सन्धान-राम्रो समालोचनाको किताप रहेछ-मैले पढ़ी सिध्याएँ। पढ़नु होला बढ़ो गहन र महत्वपूर्ण छ। मैले किताप खोजे अनि पढ़िसके।
वाह!नवीन सर साँच्चै सुन्दर, अर्थ र गरिमापूर्ण काम गर्नु भएछ, बधाई छ। समालोचना तर सिर्जनात्मक र घुलनमा हाम्रो भारतीय नेपाली साहित्यको लेखाजोखा र केही मूल्याङ्कनलाई प्रस्तुत गर्नुभएछ। साहित्य सन्धान-मा अलिक भिन्नै प्रकारको समालोचनाको कृति भएको छ। यसमा कुनै कृति र व्यक्तिको मूल्याङ्कन र समालोचना भन्दा साहित्येतिहास र सर्वेक्षणपरक रहेका छन्। साहित्य सन्धान-ले प्रा. नवीन पौड्याललाई खाँट्टी समालोचकको पगरीमा गुँथ्यो भने साहित्यविद्बाट दुईमत नहोला।