धेरै थिए चाहनाहरु त बिचैमा टुटे
बेला छउन्जेल कुम्भकर्ण जस्तो सुते
खै के जान्या छन् टुनामुना तेस्तो कुनि
भेडा र हनुमान बनाई दिमाग् सबै भुटे
सिंगापुर र स्विजरल्याण्ड बनाउने भन्थे
आश्वासनका ती नाराहरु कता पो छुटे
जदौ भन्दै जयजयकार गर्ने भक्तहरुलाई
हावादारी नानाओली गफ मज्जाले चुटे
दु:ख पाईस् मंगले आफ्नै ढंगले भने झै
आँखैसामु देश भ्रष्टहरुले निर्लजभैई लुटे
पाँच खपन -६ संखुवाशभा ।