तिम्रो आँखा भन्दा पनि तिम्रो बानी मन पर्छ
कालो धनको महल भन्दा ढुंगाको सिरानी मन पर्छ ।
आजकल मिडिया तिर खतरा छ कलाकारहरुलाई
पत्रकारलाई समाचार मलाई भने बिरानी मन पर्छ ।
प्रेम गरेपछि मरिन्छ भेरी नदिमा डुब्छ जीवन
तेही भएर मलाई मोफत सपनाकी रानी मन पर्छ ।
हरेक चिजमा हिसाब किताब पैसाको आउछ कुरा
न तिम्रो न मेरो त्यसैले त मलाई खरानी मन पर्छ ।
सत्य हारेको, कानुन पराजित भएको हेर्नु कसरी?
बर्तमान यसरी बोझ भईरहदा बरु कहानी मन पर्छ ।
डुम्रिबेसी, तनहुँ
हाल: मन्ट्रियल, क्यानाडा