19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दृष्टि

कविता कृष्ण उपाध्याय August 19, 2020, 2:29 am
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

तिम्रा बिहानका पदयात्रा

पश्चिम तिर होस वा उत्तर तिर

दक्षिण होस वा पुर्व तिर

विहान घाम त पुर्वमै झुल्किन्छन।

उदाउदो सुर्य हेर्न तिम्रो मुन्टो पुर्वनै फर्काउनु पर्छ।

होइन म उज्यालो मात्र हेर्छु भन्छौ भने

एक पल पख

सुर्यलाइ आफ्नै उज्यालोमा बिलिन हुन देउ

उस्लाइ आफ्नै ताप, राप र प्रकाशमा बिलिन हुन देउ

उस्लाइ निराकार हुन देउ

अनि उस्कै उज्यालोमा उभिएर

तिमी आफै उदाएको अनुभव गर

आफै उदाएको भ्रममा बाच

आफै उदाएको भ्रम छर,

सुर्यकै अस्तित्व लाई चुनौती देउ,

आकाशको सुर्य नअस्ताउदा सम्म,

रापिलो सुर्य पशिमी दिगन्तमा

साकार नउभिदा सम्म।

तिमी जस्तै म पनि भ्रममा छु।

सुर्यको प्रकाशमा सुर्य देख्दिन

उस्को रापमा सुर्य देख्दिन

उ निराकार हुदा देख्दिन

मात्र देख्छु

उ उदाउदा र अस्ताउदाको रातो गोलाकार।

तिमी जस्तै म पनि

साकार हुदा सुर्य प्रभावहिन मान्छु

म उज्यालो देख्दिन।

निराकार हुदा उस्को उपस्थिती बुझ्दिन

मात्र घाम देख्छु।

लन्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।