19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सिम्पल कोरोना

कविता वासुदेव अधिकारी August 30, 2020, 3:38 pm
वासुदेव अधिकारी
वासुदेव अधिकारी

रुघाखोकी हो कोरोना

सिम्पल जीवाणु

सिम्पल रोग

सिम्पल सङ्क्रमण

सिम्पल जिब्रो टोकाइ

कति सजिलो है लाग्न रु

कति सजिलो है मर्न रु

जब कोरोना नाच्दै थियो चीनमा

जब कोरोना सल्किँदै थियो इटालीमा

हिमाली खर्कमा बाख्रा चराउन जान

म बेसारपानीमा रमाउँदै थिएँ

कोशीको काँस काट्न जान

म जिम्मुको झोल पिउँदै थिएँ

बारी जोत्दा माटो लागेकाले

म कर्णालीमा हातगोडा पखाल्दै थिएँ

पश्चिम नाच्दै थियो

फेसबुक रंगिदै थियो

म आफ्नै व्यस्ततामा थिएँ

कोरोना नागरिक थिएन

विचरालाई नागरिकता दिइयो रे

कोरोना वस्तु थिएन

उसलाई उत्पत्तिको प्रमाणपत्र दिइयो रे

खुच्चिङको सङ्गीतमा

खुब नाच्यो कोरोना

नाच्दानाच्दै ऊ फैलियो

नाच्दा नाच्दै ऊ फिँजारियो

जब ऊ फिँजारियो

संसार मरेतुल्य भयो

अर्थतन्त्र निष्प्राण भयो

सिम्पल जीवाणुको

स्पेसल प्रकोप

सिम्पल रोगको

असीम दादागिरी

कसरी नाप्ने रु

कसरी बँच्ने रु

प्रश्न सिम्पल छ

उत्तर क्म्प्लेक्स

अहिले त म

सिम्पल कोरोनालाई

इमिग्रेसन पार भई

संसार चहारिरहेको देख्ुछु

खुच्चिङ गायककै काखमा बसेको देख्छु

भ्याक्सिन नआउन्जेल

आफ्नै सजगताले

लड्छु म सिम्पल कोरोनासित ।

२ चैत २०७६

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।