14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

अमृता नेपालको कविता ‘धन्दा’ - सङकथन अध्ययन

कृति/समीक्षा नवीन पौड्याल September 1, 2020, 9:55 pm
नवीन पौड्याल
नवीन पौड्याल

क. आमुख-

कोरोना काल-२०२० को विश्वव्यापी लकडाउनमा विश्वमा साहित्यको लेखन बढेर गएको पाइन्छ। नेपाली साहित्यको सन्दर्भमा भने यो कोरोनाकाल वरदान सिद्ध भएको छ। संसारका कुना-कुनाबाट नेपाली साहित्यमा रूचि राख्ने, सिर्जना गर्नेहरूको सङ्ख्या ह्वात्तै बढे गएको देखिन्छ। विभिन्न स्थान र व्यक्ति –संस्था आदिले अनलाइन साहित्य गोष्ठी आयोजना गरिरहेका छन्। अमेरिका अस्ट्रेलिया, बेलायत नेपाल भारत चारैतिर साहित्य गोष्ठी सञ्चालन भइरहेका छन्। भारतको सन्दर्भमा भन्नुपर्दा कार्बी आङलाङ गोर्खा युवा मञ्च, पब्लिकनामा, सृजनध्वनि देखि लिएर नेपालमा पनि धेरैवटा अनलाइन साहित्यिक कार्यक्रम सञ्चालित भइरहेका छन्। फेसबुकका माध्यमबाट अनलाइन कविता, कथा प्रतियोगिता भइरहेका छन्। व्यक्तिगत रूपमा फेसबुक यृ ट्युब आदिमा नेपाली कविता आदि बढेर गएका छन्। छन्दोबद्ध कविताले फेरि पुनर्रूद्थान हुन पाएको छ। नेपाली कविताको लोकप्रियता बढिरहेको छ। कविता वाचनमा उत्कृष्टताको उँचाइँ पुगिरहेको छ। सङ्गीतबद्ध कविता वाचन गर्ने उज्ज्वला महर्जन, पवित्रा लामा अघि देखिन्छन्। छन्दोबद्ध कविता वाचनमा सरू गुरागाइँको नाम उँचाइमा छ। कविता उन्नतिको मार्गमा छ। कविता अब पढिने मात्र रहेन, हेरिने कुरा भयो। वाचन गराइको आकर्षण र अभिनेयताले कविताको लोकप्रियता दिनानुदिन बढिरेको छ। नयाँ नयाँ कविहरूको सङख्या बढ्दो छ। कवितामा शक्ति छ, आकर्षण छ। कवितामा सन्देश हुन्छ।

ख. विषय प्रवेश -

यसै बिचमा नेपाली कवितामा भर्खरै नाम सुन्न आएको छ अमृता नेपाल। कोरोनाकालमा नै एकदिन कार्बी आङलाङ गोर्खा युवा मञ्चले नारी कविता कार्यक्रममा अमेरिकावासी अमृता नेपाललाई डाकेको रहेछ। मेरो व्यक्तिगत तवर उनको नाम र कविता सुनेको प्रथमचोटि थियो। उनले यो कविता वाचन गरिन्। उनको वाचनमा अभिनय हुनाले जो कोहीले सुनेर आनन्दलाभ गर्न सक्थ्यो। उनले वाचन गरेको यस्तो कविता थियो- कविताको शीर्षक ‘धन्दा’। मूल रूपमा हेटौडाकी अमृता नेपाल हालमा अमेरिकामा बसोबास गर्दछिन्। सामाजिक सञ्जाल जस्तै फेसबुकस र युट्युब उनी छाएकी छन्। उनको कविताको वाचन शैली पनि प्रभावशाली र आकर्षक छ। उनका कविताहरू क्रमशः विस्तार भइरहेको पाइन्छ।

ग. मूल कविता- धन्दा

नाम पवित्रा पाण्डे तर थाह छैन तिमिलाई

उमेर ३० वर्ष पेशा यौनकर्मी पटक्कै थाह छैन तिमीलाई

हँ तिम्रो अनैतिकको परिभाषा भित्र

यौनकर्मी क्षत विक्षेद बनेको मेरो नैतिकताको कहानी

सुन्यौ नी होईन ? तिम्रो रंगेहात पक्राउको

हो म यौन धन्दामा छु निलडाम भित्रको मेरो कालो बिहानी

बेच्छु आफ्नै मासुका डल्लाहरुलाई तिम्रो सामाजिक परिवेशले

मलाई फ्रेशहाउसमा राखिने जनावरको मासु असामाजिक बनाएको मेरो बासको आस

र आफ्नै शरीरमा भएको मासु उस्तै लाग्छ अनि तिम्रो क्रुर हेराईले

दुवै बिक्रीमा तहस नहस पारेको मेरो बैशालु विश्वास

छ्याप्छ्याप्ती पाईन्छन् बजारमा कति सुकुमार सपना सॉचेर आखामा

दुबैका ग्राहकहरु हास्दै खेल्दै छिल्लिदै ति बाटोहरुसंग

फरक छ त यती हरेक दिन तय गर्थें म

जनावरको मासु बेच्न पसल थाप्नुपर्छ स्कुल देखि घर सम्मको दुरी

तर मैले भर्खर पलाउँदै थियो मेरो बैशालु रहर

मैले त शरीरै थापिदिए पुग्छ अनि भर्खर भर्खर त्यसमा पर्न लागेको

हो म यौन धन्दामा छु उसको नजर

बुझेउ नी होईन? १३ को उमेर

काला गोरा अग्ला होचा पातला मोटो ८ को पढाई

प्राय हरेक खालका आकार प्रकारहरुसंग बिर्खे नेपालीको हेराई बोलाई मन पराई

म दिनहुँजसो पैठे जोरीमा हुन्छु आहाहा

कहिले यतै कतै बजारतिर क्या दिन थियो

कहिले फापरबारी वा ठोरीमा हुन्छु जीवनकै सबैभन्दा सुन्दर दिन

मैले देखिसकें तर त्यस्तै कुनै एउटा दिनमा

राजधानीका थुप्रै अनिदा रातहरु जब आफ्नै दाजुको ऑखा पर्यो

मैले सुनिसकें अनि टुक्रियो प्रेम

चित्लागं दामनका चिसा बातहरु मौलायो आवेग

मैले भोगिसकें गयो ईज्जत परिवारको

सौराहको गर्मीलाई अझै निस्सासिदै मर्‍यो सबै सबै

मैले पिईसकें र मरें मै पनि

जिन्दगी नै जामहरुमा मिलाउँदै मिसाउँदै

हो म यौन धन्दामा छु समाजको तालीबाट बच्न

थाह भो नी होईन ? नगरेर उल्टो गाली

एक चोटी छातीमा टास्थिन भने

त्यस दिन मेरी बाहुनी आमाले तर दुखाउनेले सायद कहिले बुझेन

मलाई आज सोच्छु म कस्ती हुन्थें होला र त

निकालेर बारको बॉस दुख्नुजति दुखिसके पछि

मास्तिर सार्दै धोती सडकबाट कोठामा सरिसके पछि

जुन बाटो आईस त्यही बाटो जा भन्दै पैदलबाट स्कुटर चढिसकेपछि

सातो खॉद न थिए भने फेरि यही समाज सोध्छ मलाई

त्यस दिन मेरा पण्डित बाले होईन कसरी कमाउछे?

आज सोँच्छु म कस्ती हुन्थें होला अरे हजुर

यदी गल्ति नै थियो भने पनि त्यो धन्दा गर्छु धन्दा

केटाकेटी न हो जे बिक्छ

गल्ती त भैहाल्छ नी त्यही बेच्छु

भन्दै कोही एक उभिन्थ्यो भने यदी गलत भन्छौ भने मेरो यो धन्दालाई

मेरो पक्षमा त्यो समाज बन्द गरिदेउ किन्न

आज सोच्छु म कस्ती हुन्थें होला बन्न छोडिदेउ ग्राहक

लगाउ हतकडी खरिदारलाई पनि

याद आउँछ अझै धन्दा त आफैं बन्द हुन्छ

रिस, डर, घृणा, आवेग सबै सबै बोकेर ऑखामा होईन भने रेड गरेकै बहानामा

घरदेखि पर कति पक्रिन्छौ हामी जस्तालाई मात्र

अन्जान गोरेटोहरुमा बरु लाग्छ नै भने

एक्लै एक्लै रुमल्लिएका ति दिनहरु नियास्रो टागिदेउ भित्तामा

छोडेर परिचित भिंड एउटा ठुलो पोष्टर र लेखिदिनु तल पटी

हिड्दै जॉदा अपरिचित आकृतिहरुसंग नाम

एउटा झुण्ड सधै तयार भोटिन्थ्यो पवित्रा पाण्डे

खरिद गर्नको लागि उमेर ३० वर्ष

कोही खाना दिंदै पेशा यौनकर्मी

कोही छाना दिंदै बुझेउ नि होईन ?

कोही नाना दिंदै

सही गलत बुझ्नुअघि मस्तिष्कले

शरीरले आवश्यकता बुझ्थ्यो

एक्लै एक्लै रुमल्लिएका ति दिनहरु

कहिले असाध्यै धेरै

कहिले अलिक कम

शरिरले दुखाई पनि बुझ्थ्यो

क्रमशः

घ. कविताको कथासूत्रता –

यस कवितामा पवित्र पाण्डे नामकी एउटी वेश्यावृति लागेकी युवतीको कथा र व्यथा छन्। यसमा पवित्र पाण्डे नाम गरेकी एउटी पात्राको मनोवाद (एकालाप) छ। यसमा आफु वेश्यावृतिमा लागेको स्वीकारोक्ति व्यक्त गरेकी छ। समाजबाट बर्जित कार्य यौन धन्दाबाट आफ्नो जीविकोपार्जन गर्ने काम गरिरहेकी छ। यसमा पात्राले आफ्नो वर्तमान स्थिति दर्शाएर विगतको पृष्टभूमिबारे प्रकाश पारेकी छ। कवितामा एउटा आदि मध्य र अन्त्य मिलेको कथारेखा छ। उ अहिले निर्लज्ज भएर यौन धन्दा गर्छे। यो यौन धन्दा गर्नुको पछि एउटा मार्मिक कथा छ। आफु १३ वर्षकी हुँदा यौवनको सङ्घारमा पुगेको बेला एउटा दलित केटासँग प्रेममोहित हुन्छे। उ विद्यालय जान्थी, आँखामा भविष्यको कल्पना साँचेँकी थिई। त्यस युवकको विपरीत लिङ्गी मोहनी र आफ्नो जिज्ञासावस् शारीरिक सम्बन्ध राख्छे। त्यसबेला उसभित्र भर्खरै कामवासना टुसाएको थियो। त्यो क्रीडारत (मैथुनरत) अवस्थामा उसकै दाजुले उनीहरूलाई रङ्गे हात पक्रिन्छ। उसले घरमा सुनाइदिन्छ। पवित्रा ग्लानि र अपराधबोध घर पुग्दा उसका कट्टर आमा बाबुले उसलाई स्वीकार्दैनन् र घरभित्र पस्नै नदिई घरबाहिरै खेद्छन्। त्यसपछि उ कहाँ गई? के गरी खाई? के भई? भनेर खै गरेनन्। यसरी उसको जीवन नष्ट भएर बाध्यतावस् उ यौन धन्दामा लिप्त हुन्छे। उसले बहुसङ्ख्यामा पुरूषहरूको भोगाइमा रही, शारीरिक पीडा सही। अब त उ पक्का बेश्या भएर कैले मुग्लिन, कैले चित्लाङ, कैले बेनी गर्ने भएकी छ। उसले केही धन कमाएकी छ।

कविता वर्तमानबाट शुरू भएर वर्तमानमा नै टुङ्गिएको छ। पवित्रा पाण्डेको नाम, उमेर र पेशाको उल्लेखबाट कविता शुरू भएर अन्त्यमा पनि यही छ। कविताको आदिभाग र अन्त्यभागमा वर्तमान स्थितिको वर्णन पाइन्छ भने बिचमा भने उसको विगतको स्थिति, किशोरावस्था र प्रथम यौन सम्पर्क, घरबाट निष्कासन, अन्यको माध्यमबाट विस्तारै यौन धन्दामा अघि बढ्नु, लिप्त हुँदै जानु यस कविताका संरचनागत ढाँचा हुन्।

ङ. समाजप्रति बिमति र विद्रोह -

पवित्राले आफु यौन पेशामा लाग्नुका पछि आफ्नो घर र समाजलाई दोष दिएकी छ। जब ऊ १३ वर्षकी थिई, त्यति बेला भूलबस् र यौवनबस् एउटा दलित केटासित नजानिदो गरी मोहमा फँसी। त्यो प्रेमस्रेम केही थिएन, केटाले पछ्याउँथ्यो, के के कुरामा मख्ख पाऱ्थ्यो। त्यो केटा देखेर वा केटाको हाउभावबाट उभित्रको रतिभाव जाग्यो। भर्खरै जवानीको चड्दो अवस्थामा भूलबस्, जिज्ञासावस्, आग्रहवस्, पुरूषसित सहवास गर्नु, त्यति बेलै आफ्नो दाजु आइपुग्नु, रङ्गेहात पक्रनु, आमाबाबलाई सुनाइदिनु, कट्टर आमाबाबुका नजरबाट झरेर ऊ गृह परित्यक्ता हुन्छे। आमा बाबुका निम्ति त्यो कृत्य अत्यन्तै घीनलाग्दो, अमर्यादित, असहिष्णु, अधर्म, अनैतिक र अपराधको पराकाष्ठ थियो। विवाहपूर्व यौन सम्पर्क हुनु आमा –बाबु, समाजका लागि घोर अपराध, असहनीय हुन्छ। त्यति बेला जवानीको जोसमा यस्तै हो, केही हुन्न भनेर माफी दिएर कुरा लुकाइदिएका थिए भने पवित्राको जीवन त्यस्तो हुने थिएन भन्ने उसको गुनासो छ। पाश्चात्य देशमा चड्दो जवानीमा यौनको सम्पर्कलाई त्यति ठुलो मानिन्न, जति यता भारत नेपालतिर मानिन्छ। नैतिकताको ठुलो प्रश्न तेर्सिएर अघि आउँछ। बिहाअघि युवतीहरूले यौन कार्य गर्ने हुँदैन। कुनै पनि केटासित यौन सम्पर्क घोर अनैतिक र अपराध मानिन्छ। कतिपय समाज र ठाउँमा बिहेको पहिलो रातमा युवतीको पवित्रता (virginity) को परीक्षण हुन्छ भन्ने सम्म सुनिन्छ। पवित्राका बाबु कट्टर पण्डित र आमा पनि त्यही कट्टर संस्कारकी। आफ्नी छोरीले चड्दो जवानीमा एकपटक भूल गरी, उमेरमा सबैको यस्तै अवस्था हुन्छ भनेर माफीसम्म दिएनन्। सामान्य घटना सम्झेर छोरीलाई सहजै माफ दिन सक्थे। छोरीलाई एक पटकलाई माफ दिन नसक्दा एउटा जीवन नष्ट भयो। निर्दोष किशोरी दोषी सावित भई, सरल बाला अपराधिनी भई, जीवनको सुनिश्चितताबाट अनिश्चिततामा परिणत भयो। समाजकी एउटी नारी परित्यक्ता र पतिता भई। त्यो कट्टरताको संस्कारले एउटीको जीवन भष्म गरायो, उजाड बनायो। उसको धन कमाइबाट त्यही समाज रूष्ट छ। त्यही समाजका पुरूष उसकामा लुकेर आउँदछन् तर त्यही समाजले उसको कमाइ, धन्दालाई अवैध र अनैतिक ठान्छ।

च. कविताको परिदृश्य –

नेपाल- भारततिर नारीको स्थिति अझै पनि दुर्बल छ। कविताले सङ्केत गरेको युवतीहरूको यौन धन्दा नेपालको सन्दर्भमा रहेको छ। पवित्रा नामकी युवती यौन धन्दा पेसागत रूपमा चलाउँदै आएकी छ। भारत र नेपालको राजमार्ग छेउछाउका शहर बजारमा यौन-धन्दा रहेको कुरा दैनिक पत्रिकाहरूतिर पढ्दा थाह पाइन्छ। नेपालका धेरै युवतीहरू विभिन्न कारणवस् यस्ता धन्दामा लिप्त हुन्छन्। धेरै युवतीहरू यस्ता धन्दामा लिप्त हुन्छ। गरीबी, सामाजिक लाञ्छित युवतीहरूलाई गाउँबाट पलायन हुन्छन्। कवितामा रम्य, काम, ग्लानि, क्षोभ, विष्मय, लाञ्छना, करूणा, विषाद, प्रतिशोध, विद्रोह आदि भाव सल्बलाएका छन्। शुरूमा यौन कुतुहलको भाव, पुरूषसित भोगाइमा आनन्दको भाव, दाजुले भेटेपछि ग्लानि, बाबु आमाको विरोधमा लाञ्छना भाव, घरबाट निकालिदिँदा विष्मय, बिस्तारै यौनधन्दामा लिप्त हुँदै जाँदा करूणा, पक्का यौनकर्मी भएपछि प्रतिशोध, पुलिस र समाज आदिसित एकालापमा विद्रोह जस्ता भावहरू उत्तरोत्तर सम्पुटित भएको पाइन्छ। धन्दामा लिप्त भइसकेपछि उ निर्धक्क भएर भन्न सक्छे- ‘पेशा यौनकर्मी हुँ’। यसबाट उभित्र प्रतिशोध र विद्रोहका भावना बढ्दै जान्छन्। उ घर, अभिभावक र समाजसित आफ्नो पेशामा लागेर प्रतिशोध लिएकी छ। अरू सामान्य व्यापारसमान यौन धन्दालाई ठानेकी छे। यसमा समाजको विकृत मानसिकता, प्रवृति र परिदृश्यको सङ्केत पाइन्छ। यसमा भौगोलिक परिदृश्यका साथै मानसिक परिवेश झल्काइएको छ। उ राजमार्गका साना ठुला शहरतिर गएर आफ्नो धन्दा चलाउँछे तर त्यसमा पनि शान्ति र सञ्चो छैन। त्यहाँ पनि पुलिस र प्रशासनको कडा निगरानी छ।

छ. अभिघात सिद्धान्तका आधारमा प्रस्तुत कविताको सङ्केत -

शारीरिक र मानसिक रूपमा आघात गरिएको अवस्थालाई अभिधात मानिन्छ। यसमा अभिघात सिद्धान्तलाई यहाँ विश्लेषण गरिएको छैन तर यस कवितालाई यस सिद्धान्तका आधारमा विश्लेषण गर्न सकिन्छ। यहाँ किशोरी पवित्रा पाण्डेको शारीरिक र मानसिक अभिघात अनुभूत गर्न सकिन्छ। यस सिद्धान्तका अध्येताहरूले यस कविताका पंक्तिपंक्तिलाई अभिघात सिद्धान्तका आध्यार व्याख्या- विश्लेषण गर्न सक्ने ठाउँ छन्। किशोरावस्थामा एउटा केटासँग उसको यौन सम्पर्क हुँदा दाजुले आएर भेट्नु घरमा आमाबाबुलाई सुनाइदिनु, उसले घोर अपराध भएको ठहर्‍याउँदा उभित्र मानसिक आघात पर्छ। उ त्यो समाजका लागि अपराधिनी भई। त्यसले उ पीर भोग्नुसम्म भोगी, समाजबाट तिरस्कृत भई। समाजको नचाँहिदो कट्टरता, सङ्कीर्ण मानसिकता, असहिष्णुता, अज्ञानता, पूर्वाग्रह, दुराग्रहबाट उसको जीवन बर्बाद भयो। मनोवैज्ञानिक, वैज्ञानिक, नैतिक, सामाजिक, शारीरिक ज्ञानको अभावले पवित्रा पाण्डे जस्ता हजारौं पवित्राहरू यस्तो धन्दाको दलदलमा परेका हुन्छन्। यस कवितालाई अभिघात सिद्धान्तका आधारमा धेरै प्रसङ्गमा व्याख्या-विश्लेषण गर्न सकिने ठाउँ छन्।

ज. भयवादी सिद्धान्तका आधारमा प्रस्तुत कविताको सङ्केत -

यस कवितालाई भयवादी सिद्धान्तका आधारमा पनि व्याख्या-विश्लेषण गर्न सकिन्छ। यसमा पात्रा पवित्रा पाण्डेका मनमा भयका तह छन्। १. समाजको, २. पुलिसको, ३. गाहकीको, ४. धनाभावको। समाजले परित्यक्त गरेको छ, घृणा गरेको छ। त्यही समाजका पुरूषहरू भने सुटुक्क उसित शारीरिक रूपमा सम्भोग गर्न आउँछन्। पुलिससित पनि उसलाई भय छ जो आफ्नो पेशामा नैतिकताको आडमा बाधा बनेर आउँछन्। उ पुलिससित छलिएर लुकीलुकी आफ्नो व्यवसाय चलाउँछे। उसले होटेलतिर धन्दा गर्दा पुलिसले छापा मार्न आउँछन्। उसले कसरी आफुलाई पुलिससित जोगिएर धन्दा चलाउनु परेको छ। मुलुकका ठुलाठुला अपराधीलाई पक्रदैन, तर पेटपालाका लागि यौन व्यवसायमा लिप्त नारीहरूलाई पक्रन्छ। गाहकीबाट पनि भय सिर्जना हुन्छ। धेरै खालका गाहकी आउँछन्। कोही पुरूष त्यस्ता युवतीलाई क्रुर व्यवहार गर्छन्। पैसा खर्च गरेको भनेर शारीरिक यातना दिन्छन्। कोही घरमा स्वास्नी हुँदाहुँदै गुप्त रूपमा आउने हुन्छन्। कोही मातेर आउछन् र कुटपिटसम्म गर्छन्। उसको शरीर मसिनजस्तो भइदिनु पर्छ। अर्को मुख्य भय भने धनाभावको हो। उसित धनको कमी भएर आयस्ताको स्रोतका लागि उ यौन धन्दा गर्न बाध्य छे। धन्दा छोड्दा अन्य विकल्प देखेकी छैन, अन्य पेसा जानेकी छैन। जहिले पनि धनको अभावले नै मनमा भयको गुँड लागेको हुन्छ। यसबारे अझै विस्तृत व्याख्या गर्न सकिने सम्भावना छन्।

झ. उपसंहार -

नेपाली कविताको संसारमा अब अमेरिका निवासी अमृता नेपाल पनि देखिन थालेकी छन्। उनका केही कविता अनलाइन वाचन- प्रसारणमा सुनिन र देखिन थालेको छ। यिनको वाचन कला पनि आकर्षक हुनाले कविता पनि आकर्षक लाग्दछन्। प्रस्तुत धन्दा कविता उनको एउटा उत्कृष्ठ र सशक्त कविता हो। यसमा धेरै नेपाली चेलीबेटीको मर्म र पृष्ठभूमि लुकेको छ। कवितामा नामवाची एकल भाव लागे पनि यो धेरैको सामूहिक पीडा, आत्मकथा र स्थितिको यथार्थ चित्रण हो। एउटी पवित्रा पाण्डे नामकी युवतीले यौन धन्दा चलाए आफ्नो जीविका चलाउँछे। उ किशोरावस्थामा एउटा सानो भूलबस् कारणबाट घरबाट निष्काशित भएर बाध्य भएर यौनकर्मी हुनपरेको मार्मिक वर्णन छ। यदि किशोरी हुँदा जिज्ञासावस् गरिएको यौन सम्पर्कलाई घरका अभिभावकहरूले माफी दिएको भए आज उसको स्थिति यस्तो हुनेथिएन। यस्तो हुनुमा घर परिवारको पनि उत्तिकै उत्तरदायी छन् भन्ने निष्कर्ष निकालिएको छ। कवितामा करूण भावको पराकाष्ठ रूप छ। परित्यक्ताको पीडा छ। नेपाली समाजको वास्तविक ऐना छ देखाइएको छ। मानसिक संकुचित संस्कारले समाजलाई पारेको प्रभावको दिग्दर्शन छ।

कालिम्पोङ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।