18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत युवराज भण्डारी September 7, 2020, 12:25 pm
युवराज भण्डारी
युवराज भण्डारी

यो सडकमा म जिन्दगी खोज्दै हिड्छु

हराएको मेरो आफ्नो धर्ती खोज्दै हिंड्छु।

रुझेका परेलीहरु खुशी किन खोज्दछन्

बल्झिएर घाउहरु आफै किन दुख्छन्

यो सडकमा म जिन्दगी खोज्दै हिड्छु

टुक्रिएको मेरो आफ्नो सपना खोज्दै हिड्छु।

दिन नढल्दै अध्यारोतिर मोडियो जिन्दगी

सानै चोटमा सीसा सरी तोडियो जिन्दगी

यो सडकमा म जिन्दगी खोज्दै हिड्छु

ओइलाएको मेरो आफ्नो रहर खाज्दै हिड्छु।

डुम्रिबेसी, तनहुँ

हाल: मन्ट्रियल, क्यानाडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।