17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल रमेश प्रभात September 7, 2020, 1:06 pm
रमेश प्रभात
रमेश प्रभात

के भनूँ जिन्दगी बडो मुस्किल छ,

मुटुमै गडेको अनौठो एक खिल छ ।

केवल मान्छे भेटिन्न यो सहरमा,

सिनो कुर्दै बस्ने त्यही यौटा चिल छ ।

उज्यालो अँध्यारो दुबै दर्द दिन्छन्,

अकालमै मरेको शिशुको दिल छ।

पुरै बस्ती रित्तो भएको छ अहिले,

विकासको कस्तो खाले मञ्जिल छ ?

शान्ति मात्रै जप्छौ तिमी जता गए नि,

तिमीसँग नयाँ के कुनै अपिल छ ?

चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।