मनभरी पीर छ र जिन्दगी बेहाल लाग्छ
यस्तै तक्दीर छ र जिन्दगी बेहाल लाग्छ ।।
सुन पसलमा ढौडिन्छ मान्छे हिरा चिन्दैन
समय स्थीर छ र जिन्दगी बेहाल लाग्छ ।।
लाखौ तारा कि चन्द्रमा कुन ठूलो लाग्छ ?
संख्यामा बलबीर छ र जिन्दगी बेहाल लाग्छ ।।
बुझाउन खोज्छु फरक मैले बुझ्दै कोही यही
एक्लो शरीर छ र जिन्दगी बेहाल लाग्छ ।।
पर्वत ।