19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शब्द सपना

कविता गायत्री भट्टराई September 22, 2020, 8:58 pm

बाबु बराजुले हिडेको बाटो

साहु राहुले बीचैमा

दोबाटोमा बसी ढाट तेर्साई

लौ अब यतादेखी उता र उतादेखी एता

ओहोर दोहोर गरे

तिर्नु पर्छ तिरो

लगानी गरें

कमानी गर्न पाउनु पर्छ

भन्दै

कुर्लि हिन्ने त्यो माथ्लाघरे बिजुवा

कुलोपारिका

खोल्सावारिका मास्टरसावहरूका कुरामा

नमिल्दो हुँदा

संविधानको बुँदा केलाएझैं

बराजुले खाएको दँशैैको मासुको रीण

कमैया श्रमिकले तिर्न नसँकदा

एक धुर घरभेटी

घरबेटीले बुजिलीन खोज्दा

छिमैकीदाईका ती नीला आँखा

राता राता भएका मैले देखेको छु ।

ओदालगुडी , असम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।