19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मुसा

कविता मिलन बोहोरा September 22, 2020, 9:01 pm

यी

मुसा

जतिले

पारिसके

घरमा दुला।

कमजोर पारे

बुनियादको भेटी।

तटबन्ध भित्री खोक्रो,

भरोसाविहीन सुरक्षा।

अस्तित्व जोगाउनु कसरी?

खोजीखोजी समाउँ साथी।

बिरालाको खाँचो भयो।

मित्र होइनन् यी

न बन्न सक्छन्।

उत्खात् ह‍ोला

हाम्रो जग।

घरका

भेदी

यी।

असम, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।