18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल युवराज भण्डारी September 23, 2020, 5:07 am
युवराज भण्डारी
युवराज भण्डारी

मन पर्ने कुरा के हो हजुर को नजरमा?

म त खोई किन पानी खोज्छु बगरमा।

लेखिरहे हरदिन हरसाँझ खोजीरहे शब्दहरू

कहिले अड्किन्छ मन कहिले बग्छु रहरमा।

तिमी आउछेउ सपनामा हररात हास्दै रमाउदै

तिमीलाई पवनमा देख्छु, देख्छु पानीको लहरमा।

बिरानो ठाउँ कोही छैन केवल छन् यादहरू

तिमी आउ प्रिये सँगसँगै घुमौला यो शहरमा।

चिरवीर गर्छन् चराहरू फिरफिर गर्छन् रुखका पात

म झ्यालबाट हेर्छु तिमी आउ बिहानको प्रहरमा।

हामी खेलेको सम्झन्छु, सम्झन्छु पाखा पखेरो

हरेक पल मेरी जुन उदाई रहनछेउ सगरमा।

डुम्रिबेसी, तनहुँ

हाल: मन्ट्रियल, क्यानाडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।