कञ्चन पानीको तिर्खा मेट्न
मुहानको सौन्दर्य राखौँ
न्यानो घाम ताप्न
बादल÷कुहिरोको घुम्टी खोल्दै
बल्दो सूर्य खोजौँ ।
त्यस्तै शान्त, स्निग्ध रात
चाहिए चाँढै आउने
पूर्णचन्द्र रोजौँ ।
स्वच्छ, शालीन श्वास लिन
म, भन्छु
धरती, आकाश
पर्यावरणीय सौन्दर्य राखौँ ।
जब यी विचलित हुन्छन्
प्रदूषण विश्वपर्यटक जस्तै
धरतीतिरै ओर्लिन्छ
तब हामीमा
कोरोना जस्ता महामारी
बल्छी थाप्न आउँछन् ।
हामी होमो स्यापियन्स
वंशजका मानव हौँ
अधुनातनको जीवन,
जोगाउन पनि पर्या
अपरिहार्य छ ।
पर्या प्रदूषित हुँदै
असन्तुलित बन्दा
डायनोसर, नियान्डरथल
जस्ताको नियति
नआओस् भन्छु, म ।