रोएर कसै मेटिदैनन् सम्झनाका पलहरु
परेलीहरु भिजाएर बग्दैछन् गजलहरु।
यादमा बल्झिदिदा साटिएको मुटु दुख्यो
यही मनभित्रै पोखिरहें आँसुका भलहरु।
कसको होला मुटु यो सबैसित सोधिरहे
हराएछन् कतै आज वाचा गरेका स्थलहरु।
संघारैमा छोडिएछन् बटुवाका पाइलाहरु
नाउ खियाउ त! चारैतिर छन् दलदलहरु।
विपनीमा झस्किएर सपनीलाई सम्झिरहें
कुन मोडमा छुटे ती स्वप्नका महलहरु।
डुम्रिबेसी, तनहुँ
हाल: मन्ट्रियल, क्यानाडा