19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रैथाने

कविता गायत्री भट्टराई October 25, 2020, 8:48 am

मेरा बाजे बराजुका

रगत र पसिनामा

भिजेको

यहाँको माटोमा

मेरा शैशवले

त्यही सुगन्धबाट लय भर्छ

जीवनको ।

तिमीले मान या त नमान

यसरिनै बदलिन्छ

भूगोल

थान।

गुनासो छैन

मेरा

नाति पनातिको बाजे

बराजु बन्दा

इतिहासले

मलाई प्रवजित भनोस

या

आप्रवासी ।

छुँट्टिदा छुँट्टिदै

जाति

वंश

कुल घराणा

रोज्दा रोज्दै

तिमी

जब

एक्लो हुँन्छौ

मलाई खोज्नु-

तिम्रो भै दिन्छु

भै सहन्छु ।

ओदालगुडी,असम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।