सत्तामा छन् नदिका दुई धार र किनारहरु
देशले खोजिरहेछ यहाँ समान विचारहरु ।
आफ्नै स्वार्थमा फुट्छ्न अनि जोडिन्छ्न,
शासन सत्तामा पुग्छन् तिनै अनुहारहरु ।
देश दुखिरहेछ जनताहरु आक्रान्तछन्
जोड घटाउ गर्न व्यस्तछन सरकारहरु ।
आलो नै छ दुखेका घाउहरु दुरदराजमा
परदेशिएका छन धेरै अभागी निधारहरु ।
उस्तै देखिन्छ अझै परम्पराको निरंकुशता
राजाहरुले भरिएका छन झनै दरवारहरु ।
हेटौंडा