17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विसंगति

कविता बैद्यनाथ उपाध्याय November 8, 2020, 5:24 pm
बैद्यनाथ उपाध्याय
बैद्यनाथ उपाध्याय

मनको फाँट भरि

विचार दगुरेर

निद्रा कचपचिएको रात

यो मनलाई च्यातेर

धुजा-धुजा पारी

कतै फ्याँकिदिउँ

जस्तो लाग्छ।

जन्म-जन्मान्तर देखि

अतृप्त, असन्तुष्ट

यो मन

दुख भरिएर

पोखिएको अँध्यारोमा

छटपटाई रहेको हुन्छ।

यो तनको त के कुरा

कति ठाउँमा

चोटैचोट लागेर

क्षत-विक्षत भएर

लम्पसार परे जस्तै

जताततै दुखिनै

रहेको हुन्छ।

मान्छे विभिन्न

कारकहरूको

संमिश्रण जस्तै न हो

के सोचि रहेको हुन्छ

अनि के भै रहेको हुन्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।