मुटुमात्र होइन प्रत्येक सासहरु उनीसंग साटेको छु
अनिदा रातहरु उनकै यादमा कोल्टे फेदै काटेको छु।
वर्षो बित्यो बाटो हेर्दै पर्खिरहे दोबाटोको ढुंगासरी
दोधार भयो जिन्दगी यो मजधारको डुंगासरी
जहाँ भएपनि खुशी रहुन् उनी ईश्वर भाकेको छु
अनिदा रातहरु उनकै यादमा कोल्टे फेदै काटेको छु।
हर आवाजमा हर एक दृश्यमा उनको आभास
उनकै सुवास बोकेर आइरहन्छ चिसो बतास
मेरा हरेक पलहरु केवल उनकै रहरमा बाचेको छु
अनिदा रातहरु उनकै यादमा कोल्टे फेदै काटेको छु।
तनहुँ, हाल: मन्ट्रियल, क्यानाडा